चन्द्रपुर (रौतहट), १६ पुस :
मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो । बाटोबाट बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएको थियो । यसअघि साना सवारीसाधन चन्द्रनिगाहपुर–गौर वैकल्पिक बाटो प्रयोग गरेका थिए ।




प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |