Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १५, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जीवनउपयोगी शिक्षा आवश्यक छ ’

रासस २७ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १५, मंगलबार (३ घण्टा अघि)
जीवनउपयोगी शिक्षा आवश्यक छ ’

भक्तपुर, १५ पुस
प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न सक्ने जनशक्ति विद्यालयबाट उत्पादन हुनुपर्ने बताउनुभएको छ । सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उहाँले महाविद्यालयले हाँसिल गरेको उल्लेखनीय उपलब्धिको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “विद्यार्थीले ज्ञानसँगै ग्रहण गरेका मूल्य, मान्यतालाई आत्मासात् गर्दै देशको उज्ज्वल भविष्यको आधार निर्माण गरी समाज र राष्ट्रप्रतिको उत्तरदायित्व, सामाजिक सेवा, जिम्मेवार नागरिक बन्ने दृढसङ्कल्पका साथ महाविद्यालयले आधुनिक, गुणस्तरीय, जीवनउपयोगी शिक्षा प्रदान गर्ने विश्वास लिएका छौँ ।”

नयाँ पुस्तालाई पनि इमान्दारिता, समाज र राष्ट्रको विकासका लागि जिम्मेवार नागरिक बनाउनुपर्नेमा जोड दिँदै उहाँले सैद्धान्तिक शिक्षामात्र नभई कर्मभूमिप्रति समर्पित नागरिक तयार पार्ने शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले उत्कृष्ट विद्यार्थीहरूलाई ज्यास्मिन स्मृति पुरस्कार, गेहेन्द्रशम्सेर थापा स्मृति पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ट शिक्षक एवं कर्मचारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महाविद्यालयका प्राचार्य दलबहादुर पुनले सैनिक कल्याणकारी कोषबाट सञ्चालित महाविद्यालयको स्थापनाको ४८औँ वार्षिकोत्सवसम्म आइपुग्दा विद्यालय शिक्षामा उत्कृष्ट नतिजा हासिल गर्नुका साथ अतिरिक्त क्रियाकलाप र राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादनमा समेत टेवा पुर्याएको बताउनुभयो । उहाँले २१औँ शताब्दीले परिकल्पना गरेअनुसार गुणस्तरीय एवं जीवनोपयोगी शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा महाविद्यालयका प्रमुख व्यवस्थापक अधिकृत एवं सहसेनानी शिवप्रसाद पौडेलले गुुणस्तरीय शिक्षामा लामो इतिहास यस महाविद्यालयले राष्ट्रका लागि आवश्यक एवं देशले गर्व गर्न लायक जनशक्ति उत्पादन गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थीले शैक्षिक गुणस्तरसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको बताउँदै विद्यालयमा अक्षयकोषको निर्माण गरी कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीले शास्त्रीय चर्या नृत्य, राष्ट्रिय सेवा दलको देशभक्तिपूर्ण नृत्य, तेक्वान्डो खेल प्रदर्शनी, महाविद्यालयको अकेस्ट्रा समूहको प्रस्तुति तथा विभिन्न सांस्कृतिक नृत्य एवं गायनहरू प्रस्तुत गरेका थिए । प्रधानसेनापति सिग्देलले विद्यार्थीको चित्रकला प्रदर्शनी, विज्ञान प्रदर्शनीलगात अवलोकन गर्नुका साथै महाविद्यालयले प्रकाशन गरेको स्मारिक ‘सल्लाघारी’को विमोचन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

    प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

  • नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

  • बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

    बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

  • उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

    उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १५ गते मंगलबार

    २०८२ पुस १५ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

    प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

    लापा खोला जलविद्युत आयोजना (४.७२ मे.वा.) को  परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण (RIEE) प्रतिवेदन तयारी सम्बन्धी  सार्वजनिक सूचना

    लापा खोला जलविद्युत आयोजना (४.७२ मे.वा.) को परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण (RIEE) प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना

    जीवनउपयोगी शिक्षा आवश्यक छ ’

    जीवनउपयोगी शिक्षा आवश्यक छ ’

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution