Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

प्रत्यूष ३० पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १३, आईतबार (३ घण्टा अघि)
सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

काठमाडौँ, १३ पुस
मधेस प्रदेशमा पुस्तान्तरण हुँदै आएको प्राचीन मिथिला कलालाई आधुनिकताको जलप दिएर चित्रकार एस।सी। सुमनले बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’ शीर्षकमा आफ्नो एकल कल प्रदर्शनी गरिरहनुभएको छ ।

‘तीर्थयात्रीको यात्रा’ मा आधारित रहेर सिर्जित उक्त प्रदर्शनीमा राखिएका चित्रहरूमा संस्कृति, रङ र नारीवादको सुन्दर संयोजन पाइन्छ ।

चित्रकार सुमन भन्नुहुन्छ, “हाम्रो संस्कृतिलाई जोगाएर नयाँ पुस्तासम्म पु¥याउन महिलाहरूको भूमिका महत्वपूर्ण छ, मेरा चित्रहरूमा त्यही पाइन्छ । जहाँ संस्कृति, जीवनी, देशको अवस्था सबैलाई चित्रण गर्ने कोसिस गरेको छु ।”

उहाँले यस संस्करणमार्फत कलाको विकासलाई सांस्कृतिक स्मृति र पौरणीक कथाहरूसँग जोड्नुभएको छ । कलामा विविधता र आध्यात्मिकता प्रदर्शनीको सातौँ संस्करणमा उहाँले आफ्नो भौतिक र आध्यात्मिक तीर्थयात्राका अनुभवहरूलाई क्यानभासमा उतार्नुभएको छ ।

“म प्रविधिको सहयोग त लिन्छु तर त्यसमै निर्भर भएर चित्र बनाउँदिन । म चित्र कोर्नु अगाडि त्यसलाई राम्रोसँग बुझ्छु, हेर्छु र त्यसलाई मस्तिष्कमा सङ्ग्रण गर्छु । त्यसपछि म त्यसलाई चित्रमा ल्याउँछु”, उहाँले भन्नुभयो । प्रदर्शनीमा राखिएको पशुपतिनाथको चित्र कोर्दा आफू दुई पटक त्यहाँ पुगेको उहाँले सुनाउनुभयो ।

प्रदर्शनीमा स्वयम्भू, पशुपति, भगवान् गणेश, कृष्ण र रामसीता विवाहका प्रसङ्गहरूसँगै शारदीय नवरात्रमा गरिने ‘नवदुर्गा’ पूजाका चित्र पनि समावेश छन् । “मैले नवरात्र सुरू हुँदा चित्रकोर्न सुरू गरेको थिएँ, दसौँ दिनसम्म आइपुग्दा मैले त्यसलाई पूर्णता दिन सके । मेरो उद्देश्य काठमाडौँ उपत्यका, मधेस र अन्य क्षेत्रका संस्कृतिलाई एउटै क्यानभासमा समेट्नु हो । मैले प्रत्येक चित्रमा मुलुकको विविधतालाई झल्काउने प्रयास गरेको छु । यी चित्रले मेरा मनोविज्ञानलाई प्रतिनिधित्व गर्छन्”, चित्रकार सुमनले भन्नुभयो । प्रदर्शनीमा ३१ वटा कलाकृति समावेश छन् । प्रदर्शनी यही पुस २६ गतेसम्म जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

  • तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

  • ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

  • रवि र बालेनबीच ७ बुँदे सहमती

    रवि र बालेनबीच ७ बुँदे सहमती

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution