Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

रासस ३५ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १२, शनिबार (३ घण्टा अघि)
भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

भोजपुर, १२ पुस
 आँखासम्बन्धी रोगको पहिचान र उपचारको पहुँचमा ल्याउन नेपाल नेत्र ज्योति सङ्घले बृहत् खोजी अभियान सञ्चालन गर्ने भएको छ । जीवनशैलीमा आएको परिवर्तन, चेतनाको कमी तथा समयमै उपचार नपाउँदा ग्रामीण भेगमा आँखाका समस्या भएका बिरामी बढ्दै गएपछि सङ्घले समुदायस्तरमै पुगेर सेवा दिने लक्ष्यसहित अभियान सुरु गर्न लागेको हो ।
नेपाल नेत्र ज्योति सङ्घ भोजपुर शाखाका कार्यबाहक सभापति सम्झना प्रधानका अनुसार जिल्लाका सबै ९ वटै स्थानीय तहमा समुदायस्तरमै पुगेर आँखा रोगीको खोजी तथा उपचार अभियान सञ्चालन गरिनेछ । अभियान यही आइतबारदेखि टेम्केमैयुङ गाउँपालिकाबाट सुरु हुने उहाँले जानकारी दिनुभयो ।
“ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै आँखा उपचार सेवा पु¥याउने उद्देश्यले यो अभियान सञ्चालन गरिरहेका छौँ,” उहाँले भन्नुभयो,“अभियानअन्तर्गत वडास्तरसम्म पुगेर आँखा परीक्षण गरिनेछ । सामान्य समस्या भएका नागरिकलाई निःशुल्क चस्मा र औषधि वितरण गरिनेछ भने यहाँ उपचार सम्भव नहुने बिरामीलाई विराटनगर आँखा अस्पतालमा रेफर गरिनेछ ।”
हाल सञ्चालनमा रहेको अभियानमार्फत सबै स्थानीय तहका ४० वर्षमाथिका नागरिक तथा सबै विद्यालयका बालबालिकाको आँखाको परीक्षण, खोजी र आवश्यक उपचार गरिने अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।
भोजपुर आँखा तथा कान उपचार केन्द्रका प्रमुख विजय तामाङका अनुसार परीक्षणका क्रममा फेला परेका बिरामीलाई भौगोलिक पहुँचका आधारमा उपचारको व्यवस्था मिलाइएको छ । सदरमुकाम आसपासका नागरिकलाई भोजपुर आँखा तथा कान उपचार केन्द्र, दक्षिणी क्षेत्रका नागरिकलाई हतुवागढी, उत्तरी क्षेत्रका नागरिकलाई दिङ्ला र पूर्वी क्षेत्रका नागरिकलाई अरुण गाउँपालिकामा रहेको आँखा उपचार केन्द्रमार्फत सेवा प्रदान गरिनेछ । “अभियानअन्तर्गत आँखासम्बन्धी रोगको पहिचान, उपचारसँगै सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिनेछ,” प्रमुख तामाङले भन्नुभयो, “जिल्लाभित्र चारवटा आँखा उपचार केन्द्रलाई रेफरल सेन्टरका रूपमा तोकिएको छ । शल्यक्रिया आवश्यक परेमा पायक पर्ने स्थानमै शिविर आयोजना गरेर सेवा दिने लक्ष्य राखेका छौँ ।”
अभियानमार्फत शिक्षक, विद्यार्थी तथा स्वास्थ्य स्वयंसेविकालाई आँखाको रोग, रोकथाम तथा बच्ने उपायका विषयमा आवश्यक ज्ञान प्रदान गरिने लाहान आँखा तथा कान उपचार प्रणालीका कार्यक्रम संयोजक सुरक्षा पौडेलले जानकारी दिनुभयो ।  लक्षित वर्गको कार्यक्रम सम्पन्न भएपछि श्रमिक वर्गलाई पनि सेवा विस्तार गरिने उहाँले जानकारी दिनुभयो । पूर्ण दृष्टिविहीन व्यक्तिहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने गरी सीपमूलक तालिम प्रदान गर्ने योजनासमेत रहेको छ ।
विराटनगर आँखा अस्पतालका अध्यक्ष पद्म नारायण चौधरीले आँखा उपचार सेवा घरदैलोमै पु¥याएर नागरिकलाई सहज सेवा दिने लक्ष्यसहित अभियानलाई बृहत् रूपमा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । अभियानका क्रममा फेला परेका जटिल शल्यक्रिया गर्नुपर्ने बिरामीलाई विराटनगर आँखा अस्पतालमा निःशुल्क उपचार सेवा गरिनेछ । आर्थिक रूपमा अत्यन्तै कमजोर नागरिकका लागि आवश्यकताअनुसार उपचार स्थलसम्म पुग्ने यातायात व्यवस्थासमेत मिलाइने जनाएको छ ।
नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी– आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ सङ्घले विभिन्न निकायसँगका सहकार्यमा अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी वार्षिक सयौँ आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले ग्रामीण क्षेत्रका न्यून आयस्तरका, गरिब तथा विपन्न नागरिकहरू आर्थिक तथा भौगोलिक पहुँचको अभावका कारण स्वास्थ्य समस्या हुँदाहुँदै पनि उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै सङ्घले उनीहरूको घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।
त्यसैगरी, सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार सङ्घले हालसम्म देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना गरिसकेको छभने ७७ वटै जिल्लाका नागरिकलाई आँखा उपचार सेवामा पहुँच पु¥याएको छ ।
सङ्घले स्थापनाकालदेखि सन् २०२४ को अन्त्यसम्म विभिन्न २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी चार करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको सङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

    स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ११ गते शुक्रबार

    २०८२ पुस ११ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

    स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

    भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

    भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution