Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

रासस ३३ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष ७, सोमबार (३ घण्टा अघि)
साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर, ७ पुस
 कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने साइकल अहिले विस्थापित हुने अवस्थामा पुगेको छ । प्रविधिको तीव्र विकास, विलासी जीवनशैलीप्रतिको आकर्षण र समयको व्यस्तताका कारण साइकलको प्रयोग दिनप्रतिदिन घट्दै गएको हो ।
शुक्लाफाँटा नगरपालिका–६ का कृष्णबहादुर ऐर अहिले पनि साइकलमै यात्रा गर्न रुचाउनुहुन्छ । साइकल चढ्दा स्वास्थ्यमा हुने फाइदाबारे उहाँ निकै सचेत हुनुहुन्छ । आफ्नो घरदेखि स्थानीय बजारसम्मको करिब तीन किलोमिटरको दूरी उहाँ सधैँ साइकलमै तय गर्नुहुन्छ ।
“साइकलले शरीरमा स्फूर्ति कायम राख्छ र मानिसलाई निरोगी बनाउँछ”, उहाँ भन्नुहुन्छ, “अहिलेसम्म म कुनै गम्भीर बिमारीमा परेको छैन, यसको श्रेय म साइकललाई नै दिन्छु ।” तर, कृष्णबहादुरका समकालीन साथी भने अहिले विद्युतीय स्कुटी, महँगा मोटरसाइकल र कारमा हुइँकिने गर्छन् । उहाँको अनुभवमा साइकल अहिले केही सचेत व्यक्ति र विपन्न वर्गको मात्र साधन बन्न पुगेको छ ।
साइकलको प्रयोग घट्दा यसमा निर्भर व्यवसायीको जीविका सङ्कटमा परेको छ । शुक्लाफाँटाको वनसमिति बजारमा लामो समयदेखि साइकल मर्मत र बिक्रीको पसल सञ्चालन गर्दै आउनुभएका रामबहादुर धामी पहिलेको जस्तो कारोबार नभएकामा चिन्तित हुनुहुन्छ ।
“पहिले दिनमै दुई–तीन नयाँ साइकल बिक्री हुन्थे, मर्मत गर्नेहरूको त पसलमा घुइँचो नै लाग्थ्यो”, धामी पुराना दिन सम्झिनुहुन्छ, “अहिले महिनामा एक–दुईवटा साइकल बिक्री हुन पनि मुस्किल पर्छ, दिनमा दुई–चार जना मात्रै मर्मतका लागि आउँछन् ।”
उहाँका अनुसार ग्राहकको सङ्ख्या शून्यजस्तै भएपछि धेरैले जीविका चलाउनका लागि साइकल मर्मत पसल बन्द गरेर अन्य व्यवसाय रोज्न थालेका छन् । विद्युतीय सवारी ९इ–स्कुटी० र मोटरसाइकलको बढ्दो प्रयोग नै साइकल व्यवसाय धरासायी हुनुको मुख्य कारण रहेको उहाँको ठम्याइ छ । वातावरण संरक्षण र ध्वनि प्रदूषण न्यूनीकरणका लागि साइकल सर्वोत्कृष्ट साधन भए पनि यसको महत्व बुझाउन नसक्दा प्रयोगकर्ता घट्दै गएकोप्रति उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ ।
सिमलफाँटाका धनबहादुर चौधरी पनि कुनै समय साइकलका सौखिन हुनुहुन्थ्यो । हरेक वर्ष नयाँ मोडलको साइकल फेर्नु उहाँको सोख थियो । अहिले उहाँको दैनिकी फेरिएको छ । कार्यव्यस्तता र कार्यस्थलमा छिटो पुग्नुपर्ने बाध्यताले उहाँले साइकल छाडेर मोटरसाइकल रोज्नुभएको छ ।
“साइकल ‘इको–फ्रेन्डली’ ९वातावरणमैत्री० छ भन्ने कुरा मलाई राम्ररी थाहा छ”, चौधरी भन्नुहुन्छ, “तर टाढाको कार्यस्थलमा समयमै पुग्न साइकलले सम्भव भएन, त्यसैले मोटरसाइकल चलाउन थालेको हुँ ।” उहाँजस्तै धेरैले समयको बचतलाई प्राथमिकता दिँदा साइकल ओझेलमा परेको छ ।
स्थानीय सामाजिक अगुवा दानबहादुर ऐरका अनुसार तराईमा साइकलको इतिहास सामाजिक प्रतिष्ठासँग जोडिएको छ । “पहिले धनीमानी र प्रतिष्ठित व्यक्तिसँग मात्रै साइकल हुन्थ्यो, साइकल हुनुलाई धनी भएको प्रमाण मानिन्थ्यो”, ऐर भन्नुहुन्छ, “समाजको विकासक्रमसँगै साइकलपछि मोटरसाइकल र त्यसपछि कारको युग सुरु भयो, मानिसहरूको आयस्तर वृद्धि भएसँगै साइकललाई गरिबको सवारीका रूपमा हेर्ने सङ्कुचित सोच पनि विकास भएको छ ।”
अहिले सडकमा गुड्ने कार र मोटरसाइकलको सङ्ख्याले मानिसको आर्थिक हैसियत मापन गर्न थालिएको उहाँ बताउनुहुन्छ । “तराईका विद्यालयहरूमा शिक्षक–विद्यार्थीहरूको मुख्य रोजाइ नै साइकल हुन्थ्यो, छात्रवृत्तिको रूपमा साइकल वितरण गर्दा विद्यार्थीमा ठूलो उत्साह देखिन्थ्यो”, शिक्षक धर्मा भण्डारी भन्नुहुन्छ, “आफू पनि विगतमा साइकल चढेर धेरै वर्ष विद्यालय गएको छु, अहिले उमेरले ढल्किँदै गएपछि साइकल चलाएर टाढाको विद्यालय पुग्न अप्ठेरो हुँदा स्कुटी रोजेको छु, ।”
उहाँका अनुसार महिलाहरूले आफ्नो कृषि उत्पादन र तरकारी बजारसम्म पुर्याउन साइकलकै प्रयोग गर्थे । पहिले विवाहमा बेहुलालाई साइकल चढाउने वा दाइजोमा साइकल दिने चलन निकै लोकप्रिय थियो । ती दिनहरू अब केवल स्मृतिका पानामा सीमित भएको उहाँ उल्लेख गर्नुहुन्छ ।
“अहिले विद्यालयहरूले घर–घरमै बसको व्यवस्था गरेका छन्, कृषि उपज सङ्कलनका लागि व्यापारीहरू आफैँ ढुवानीका साधन लिएर किसानको खेतबारीमै पुग्छन्, यसले गर्दा साइकलको उपयोगिता झनै घट्दै गएको छ”, उहाँले भन्नुभयो ।
प्रयोगकर्ता घटे पनि बजारमा साइकलको मूल्य भने केही बढेको छ । केही वर्षअघि रु दुई–तीन हजारमा पाइने साधारण साइकलको मूल्य अहिले रु सात हजारदेखि नौ हजारसम्म पुगेको छ । सौखिन र स्वास्थ्य सचेत नागरिकका लागि लक्षित गेयरवाला आधुनिक साइकलको मूल्य रु २० हजारदेखि ६० हजारसम्म पर्ने गरेको छ ।
स्वास्थ्यकर्मी हरि नाथका अनुसार साइकल चलाउनु पूर्ण शरीरको व्यायाम हो । “नियमित साइकलिङले मुटुरोग, मधुमेह, मोटोपना र उच्च रक्तचापजस्ता रोगको जोखिम घटाउँछ”, उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा जहाँ जिम र व्यायामशाला सहज छैन, साइकल नै सबैभन्दा सुलभ व्यायाम साधन हो ।”
पछिल्ला वर्षहरूमा मोटरचालित सवारीको अत्यधिक प्रयोगले शारीरिक श्रम घट्दै गएको उहाँ बताउनुहुन्छ । यसकै परिणामस्वरूप जीवनशैलीजन्य रोग बढिरहेको उहाँको बुझाइ रहेको छ । साइकलको प्रयोग बढाउन सके जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्नसक्ने उहाँको मत छ ।
अरु सवारी साधनको  तुलनात्मक रूपमा सुस्त गतिको सवारी भएकाले पनि नयाँ पुस्ता साइकलप्रति आकर्षित हुन नसकेको झलारीका करन जोशी बताउनुहुन्छ । हाल साइकलको प्रयोग मुख्यतया शारीरिक व्यायामका लागि जिम जाने युवा, न्यून आय भएका मजदुर र वातावरणको महत्व बुझेका थोरै सङ्ख्याका व्यक्तिमा मात्र सीमित हुन पुगेको उहाँको भनाइ छ ।
“साइकल केवल एक सवारीसाधनमात्र नभई यो स्वस्थ जीवन र स्वच्छ वातावरणको आधार पनि हो”, उहाँले भन्नुभयो, “विश्वका विकसित देशहरूमा इन्धन खपत घटाउन र वातावरण जोगाउन साइकलको प्रयोग पुनः बढ्न थालेको छ, तर हाम्रो सन्दर्भमा भने यसको प्रयोग क्रमशः लोप हुने अवस्थामा पुग्नु दुःखद् छ ।”
उहाँका अनुसार स्थानीय तहहरूले ‘साइकल लेन’को व्यवस्था गर्ने र वातावरणमैत्री सवारीलाई प्रोत्साहन गर्ने नीति ल्याउन सकेमा यसको पुरानो साख जोगाउन सकिने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

  • कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

  • पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

  • वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

    वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ७ गते सोमबार

    २०८२ पुस ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution