Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

रासस २७ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर २१, आईतबार (१ दिन अघि)
बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके), २१ मङ्सिर
बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै गएपछि बर्सेनि उत्पादन घट्दो क्रममा छ ।

तेलहन बालीअन्तर्गत जसोतसो तोरीखेती गरे पनि अन्य खेतीको क्षेत्रफल घट्दै जाँदा त्यसको प्रत्यक्ष असर उत्पादनमा पर्दै गएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा बाँकेमा छ हजार ५३० हेक्टर क्षेत्रफलमा गरिएको तोरीखेतीबाट पाँच हजार ६४८ मेट्रिक टन उत्पादन भएको थियो । यो उत्पादन अघिल्लो आवको तुलनमा १४ दशमलव ४१ प्रतिशत कमी हो ।

बाँकेमा तेलहन बाली कुल सात हजार २५६ हेक्टरमा हुँदै आएको छ । तोरीबाहेक सर्सो, रायो, सूर्यमुखी, तिल, बदाम र आलसखेती गरिने भए पनि क्षेत्रफल र उत्पादन अत्यन्त न्यून छ । किसानले खेती गर्ने क्षेत्रफल घट्दै गएर हाल सर्सो ३५ हेक्टर, रायो १५ हेक्टर, सूर्यमुखी एक हेक्टर, तिल १५ हेक्टर, बदाम ६१५ हेक्टर र आलस ४५ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको सूचना अधिकारी पाठकले जानकारी दिनुभयो । उहाँले हिउँदे वर्षा नहुनु र बीउ प्रतिस्थापन दर न्यून हुँदा तोरीखेतीको उत्पादन घट्दै गएको उल्लेख गर्दै किसान तोरीबाहेक अन्य तेलहन बालीतर्फ आकर्षित हुन नसकेको बताउनुभयो ।

नेपालगञ्ज–२२ का अगुवा किसान चक्र बुढाले उत्पादनको यो निरन्तर गिरावटलाई रोक्न किसानलाई बढी उत्पादन दिने र तेलको मात्रा राम्रो हुने उन्नत जातका बीउ उपलब्ध गराउनु, सिँचाइको व्यवस्थापनमा सुधार ल्याउनु र अन्य तेलहन बालीको महत्वबारे सचेत गराउनु आवश्यक रहेको बताउनुभयो ।

तेलहन बालीको उत्पादनमा आएको यो गिरावटले गर्दा तेलको आयातमा निर्भरता बढ्ने र स्थानीय बजारमा तेलको मूल्यमा असर पर्ने भएकाले बाँकेमा तेलहन बालीको खेतीलाई प्रोत्साहन गर्न स्थानीय र प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र किसानलाई आवश्यक प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • टुप्पी समातेर पढ्ने वर्गको सिको गरेर शिक्षामा प्रगति गर्न र “उच्च भविष्य” बनाउन अध्यक्ष लामाको आह्वान

    टुप्पी समातेर पढ्ने वर्गको सिको गरेर शिक्षामा प्रगति गर्न र “उच्च भविष्य” बनाउन अध्यक्ष लामाको आह्वान

  • गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस

    गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस

  • नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

  • धादिङ चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    धादिङ चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २२ गते सोमबार

    २०८२ मंसिर २२ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    टुप्पी समातेर पढ्ने वर्गको सिको गरेर शिक्षामा प्रगति गर्न र “उच्च भविष्य” बनाउन अध्यक्ष लामाको आह्वान

    टुप्पी समातेर पढ्ने वर्गको सिको गरेर शिक्षामा प्रगति गर्न र “उच्च भविष्य” बनाउन अध्यक्ष लामाको आह्वान

    गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस

    गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस

    नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    धादिङ चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    धादिङ चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution