Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर १, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

काष्ठकलामा सिपालु भीमबहादुर

रासस २७ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर १, सोमबार (४ घण्टा अघि)
काष्ठकलामा सिपालु भीमबहादुर

गलकोट (बागलुङ), १ मङ्सिर
 यहाँस्थित बागलुङ नगरपालिका–३ खहरेका भीमबहादुर विश्वकर्मा विगत तीन वर्षदेखि कालिका मन्दिर क्षेत्र कलात्मक बनाउनमा व्यस्त हुनुहुन्छ । मन्दिर पुनःनिर्माण गर्ने, स–साना मठलाई ताम्रापत्रले छाउने र पुनःनिर्माणमा उहाँलाई भ्याइनभ्याइ छ ।
कालिका मन्दिर वरपर रहेको सत्तल, सचिवालयसहितका स–साना संरचना, मन्दिर तथा मठका झ्याल, तोरण, टुँडाल र ढोकामा बुट्टा भर्दै भीमबहादुरको तीन वर्ष बितेको हो ।
“कालिका मन्दिरमा तीन वर्ष पहिला हवन कुण्डलाई कलात्मक बनाउन आएको थिएँ, त्यस यता क्रमश गणेश मन्दिर, सत्तल, सचिवालयका झ्याल तथा ढोकालाई कलात्मक बनाएँ, मन्दिर परिसरमा अकलादेवीको मन्दिर पुनःनिर्माण सकेर अहिले चण्डीदेवीको मन्दिरमा प्रयोग आउने काठका सामग्री बनाउँदै छु”, विश्वकर्माले भन्नुभयो, “तीन वर्षमा कालिका मन्दिर क्षेत्रका छ वटा मठमन्दिर तथा अन्य भौतिक संरचनामा काठबाट कुँदेका सामग्री राखेर निर्माण गरिएको छ ।”
काष्ठकलामा पोख्त उहाँ नेपाली सभ्यता र संस्कृति झल्काउने सीपले चर्चित हुनुहुन्छ । पछिल्लो समय काष्ठकलाप्रति युवाको आकर्षण घट्दै गएको बेला उहाँ जस्ता सीपका धनी पाउनै गाह्रो छ ।
खर्च र समय बढी लाग्ने भएकाले पछिल्लो पुस्ताले काठबाट निर्मित टुँडाल, झ्याल र ढोकाको प्रयोग गर्न छाडेको उहाँ बताउनुहुन्छ । ६३ वर्षीय विश्वकर्माको जीवन नै काष्ठकलामै बित्यो । आफ्नो सात पुस्तादेखि मुख्य पेसा काष्ठकला रहेको उहाँको भनाइ छ । बुवा मोतिलालले विभिन्न मन्दिरको टुँडाल तथा भगवानका आकृति बनाएको देखेरै १५ वर्षको उमेरदेखि उहाँ काष्ठकलातर्फ आकिर्षत भएको बताउनुहुन्छ ।
तामाले छाना छाउने सिप समेत उहाँमा छ । उहाँले काठलाई विभिन्न घरेलु औजारले महिनौँ कुँदेर विभिन्न आकृतिमा निर्माण गर्दै आएका आउनुभएको छ । “सात पुस्ता काष्ठकलामै समर्पित भयो, बुवासँग २०४८ सालमा कालिका मन्दिरको गजुर मिलाउने, झ्याल तथा ढोका कुँद्ने काम गरेको थिएँ, अहिले बुवाले बनाएकै आँखीझ्याल तथा टुडाँल कालिका मन्दिरमा छन्, बुवा बित्नु भएकै २३ वर्ष बित्यो”, उहाँले भन्नुभयो ।
विश्वकर्माका पुर्खाले बागलुङ, गुल्मी, पर्वत, म्याग्दीलगायत ठाउँमा दरबार, मठ–मन्दिरलगायतमा काष्ठकलाको काम गरेका छन् । पछिल्लो समय काष्ठकलामा कृत्रिम र विद्युतीय उपकरकण प्रयोग गरिन्छ । तर, घरेलु हतियारले निर्माण गरेको काठको छुट्टै महत्व रहेको उहाँ बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका

    परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका

  • संसद् पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउने : अध्यक्ष ओली

    संसद् पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउने : अध्यक्ष ओली

  • सुनचाँदीको मूल्यमा गिरावट

    सुनचाँदीको मूल्यमा गिरावट

  • ‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

    ‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक २७ गते बिहिबार

    २०८२ कात्तिक २७ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका

    परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका

    काष्ठकलामा सिपालु भीमबहादुर

    काष्ठकलामा सिपालु भीमबहादुर

    संसद् पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउने : अध्यक्ष ओली

    संसद् पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउने : अध्यक्ष ओली

    सुनचाँदीको मूल्यमा गिरावट

    सुनचाँदीको मूल्यमा गिरावट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution