Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

प्रत्यूष १९ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक १९, बुधबार (४ घण्टा अघि)
सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौँ, १९ कात्तिक
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गर्नुभएको छ ।

काठमाडौँ उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गर्नुभएका सञ्चारमन्त्री खरेलले आज नयाँबसपार्क पगी सेवा शुभारम्भ गर्नुभएको हो ।

सो अवसरमा उहाँले नयाँबसपार्कसहित काठमाडौँ उपत्यकाको १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिनुभयो । “मन्त्रीको हैसियतले पदबहालीका क्रममा गरेको प्रतिबद्धताअनुसार निःशुल्क इन्टरनेट सेवा जडान सुरु गरेका हौँ, यसलाई विस्तारै उपत्यकाबाहिर पनि विस्तार गर्दै लैजानेछौँ”, सञ्चारमन्त्री खरेलले स्पष्ट गर्नुभयो ।

सरकारले राजधानी काठमाडौँसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्नेक्रममा काम गरिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “दार्र्चुला, बझाङ, जाजरकोट र मनाङको तिलिचो बेसक्याम्पमा इन्टरनेट सेवा पु¥याइसकेका छौँ, सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडीलगायतका कमजोर नेटवर्क भएका ठाउँमा प्रभावकारी इन्टरनेट सेवा पु¥याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ । ”

सरकारले सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पु¥याउने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री खरेलले मुलुकका गाउँ–सहर, सुगम–दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पु¥याउने सन्दर्भमा आवश्यक काम भइरहेको जानकारी दिनुभयो ।

सञ्चार सचिव राधिका अर्यालले सूचना प्रविधिको क्षेत्रमा भएको विकास, स्रोतसाधन र सेवाग्राहीको मागलाई समेत दृष्टिगत गरी देशभर इन्टरनेटको क्षमता विस्तार गर्ने बताउनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले सञ्चार मन्त्रालयको निर्देशनअनुसार नयाँ बसपार्क, काठमाडौँस्थित विभिन्न ठूला अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थललगातयका संवेदनशील एवं महत्वपूर्ण स्थलहरूमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार गरिएको जानकारी दिनुभयो ।

नयाँबसपार्कस्थित लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले निःशुल्क इन्टरनेट सेवा सुरु भएसँगै नयाँबसपार्क आउने सेवाग्राहीलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको तथा तीन निर्माणाधीनसहित विभिन्न आठ स्थानमा नयाँ जडान गरिएको प्राधिकरणले जनाएको छ ।

यसैगरी ठूलोभ¥याङस्थित यातयात व्यवस्था कार्यालय र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ ।

सञ्चारमन्त्री खरेलको अग्रसरतासँगै अब नयाँबसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निःशुल्क एवं प्रभावकारी रुपमा वाइफाइ सेवा सञ्चालन हुने भएको छ ।

निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट सेवाका लागि सहकार्य गर्ने भएका छन् ।

यसैबीच सञ्चारमन्त्री खरेल आजै इन्टरनेट सेवा सञ्चालनका क्रममा अनुगमन गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पशुपति मन्दिर र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल जानुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

  • आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

  • पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution