Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक ८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

प्रत्यूष २९ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक ८, शनिबार (१६ घण्टा अघि)
कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

काठमाडौँ, ८ कात्तिक : काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ ।

कामपाले विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवकाशपश्चात् पनि समाज र देशको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको कामपा शहरी योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोलाले जानकारी दिनुभयो ।

‘सिल्भर भोलिन्टियर कार्यक्रम’ का सन्दर्भमा योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोला भन्नुहुन्छ, “तपाईं ४५ वर्ष पूरा हुनुभएको छ ? जागिर वा व्यवसायबाट अवकाश लिनुभएको छ ? अवकाशपछि बिश्रामभन्दा पनि समाजका लागि केही योगदान गर्ने सोच छ भने आउनुहोस् सँगसँगै महानगरको विकासमा हातेमालो गरौँ ।”

कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास, सम्पदा संरक्षणलगायतका क्षेत्रमा कामपासँग मिलेर काम गर्न सकिने जनाइएको छ ।

महानगरले ‘कामपा–सिल्भर–भोलिन्टियर–कार्यविधि’ बमोजिम आवेदन आह्वान गरेको हो । कार्यविधिमा उल्लेख भएअनुसार योग्यता पुगेका नागरिकले अनलाइन लिङ्कमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

उक्त कार्यक्रमका लागि कामपाले निम्नानुसारको समयसीमा निर्धारण गरेको छ – नेपाली नागरिक/गैर आवासीय नेपाली/प्रचलित कानुनबमोजिम स्वीकृति लिएका विदेशी नागरिक, जसको ४५ वर्ष पूरा भई ७४ वर्ष ननाघेको छ ।

त्यस्तै कुनै क्षेत्रमा सरकारी, निजी वा गैर सरकारी संस्थामा कम्तीमा २० वर्ष काम गरी विषयगत दक्षता हासिल गरेको रहनुपर्ने कामपाको भनाइ रहेको छ । एक वर्ष अवधिका लागि हप्ताको न्यूनतम पाँच घण्टा सेवा दिन तयार हुनुपर्ने, शारीरिक र मानसिक रूपमा काम गर्न सक्षम रहेको हुनुपर्ने, पूर्णरूपमा स्वयंसेवा गर्न इच्छुक रहेको, समितिले तोकेको कामपाभित्रका क्षेत्रमा गई काम गर्न तयार रहनुपर्ने छ ।

त्यसैगरी आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक गर्ने तथा प्रतिफल निकाल्न क्षमता रहनुपर्ने, कुनै पनि फौजदारी अभियोगमा कसुरदार नठहरिएको, प्रचलित कानुनबमोजिम अयोग्य नठहरिएको, समितिले तोकेका अन्य योग्यता पूरा भएको महानगरका अनुसार, यस कार्यक्रमले एकातिर परिपक्व नागरिकको अनुभवलाई देश निर्माणमा उपयोग गर्न सहयोग गर्नेछ भने अर्कातिर अनुभवी नागरिकलाई समाजसेवाको माध्यमबाट सन्तुष्टि र अवसर प्रदान गर्नेछ जनाएको छ ।

इच्छुक व्यक्तिलाई कार्यक्रमका बारेमा जानकारी आवश्यक परे ९८४८०१८२१५ मा सम्पर्क गर्न समेत कामपाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

  • रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

  • आज पनि बढ्यो सुनको मूल्य

    आज पनि बढ्यो सुनको मूल्य

  • अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

    अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

    कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

    आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    आज पनि बढ्यो सुनको मूल्य

    आज पनि बढ्यो सुनको मूल्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution