Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २१, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

रासस १३४ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक ३, सोमबार (१ महिना अघि)
अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ, ३ कात्तिक
ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन् ।

फक्ताङलुङ गाउँपालिका–६ का किसान रोशन लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन् । अलैँची टिप्ने बेला गुमायो भने वर्षभरको मेहनत खेर जाने भएकाले बगानमै व्यस्त भएको उहाँले बताउभयो ।

फुङ्लिङ नगरपालिका–७ का किसान खाङडु शेर्पा झन करिब एक महिनादेखि बगानमै बसिरहनु भएको छ । दसैँ परिवारसहित बगानमै मनाउनु भएको उहाँले तिहार पनि त्यहीँ मनाउने तयारी गरिरहनु भएको छ ।“चालीस वर्षदेखि अलैँचीखेती गरिरहेको छु ।” उहाँले भन्नुभयो,“छिमेकी भारतको सिक्किमबाट बिरुवा ल्याएरै सुरु गरेका थियौँ ।”

किसान शेर्पाको ८० रोपनी बगान टिपाइसक्ने योजना छ । तर टिपाइपछि छोडाउने, सुकाउने र भट्टिमा तयारी गर्न एक हप्ताभन्दा बढी समय लाग्ने उहाँको भनाइ छ । जिल्लामा बेँसी क्षेत्रमा भदौको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मङ्सिरसम्म अलैँची टिपाइ गर्ने चलन छ ।

जिल्लाका ९ स्थानीय तहमध्ये फक्ताङलुङ–७ को ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँचीखेती हुन्छ । हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ । अलैँचीको मूल्य पनि किसानलाई उत्साहित पार्ने खालको छ । आइतबार ताप्लेजुङमा प्रतिमन ९४० केजी० खलैँचीको मूल्य रु ८८ हजारमा खरिदबिक्री भइरहेको व्यवसायी कमल बरालले बताउनुभयो ।

अलैँचीले रोजगारी पनि सिर्जना गरेको छ । बगानमा काम गर्ने मजदुरले दैनिक ५०० देखि ७०० सम्म ज्याला पाउँछन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा

    एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा

  • अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

    अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

  • सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

    सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

  • बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

    बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २१ गते आईतबार

    २०८२ मंसिर २१ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा

    एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा

    अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

    अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

    सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

    सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

    बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

    बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution