Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पुख्र्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

रासस १४४ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन ५, आईतबार (३ महिना अघि)
पुख्र्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

दोधारा चाँदनी (कञ्चनपुर), ५ असोज
दोधारा चाँदनी नगरपालिका–३ का रेशम बादी पुख्र्यौली पेसा वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्दै आउनुभएको थियो । पछिल्ला केही वर्षयता परम्परागत पेसाले मात्रै घर खर्चको जोहो गर्न मुस्किल भएपछि उहाँले अहिले उक्त पेसाको विकल्प खोज्न थाल्नुभएको छ । वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थ पाउन कठिन भएपछि पेसा नै सङ्कटमा पर्न थालेको बादी बताउनुहुन्छ ।

“मेरो बुबाबाजेले मादल, दमाहालगायत वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्नुभएको हो, त्यहीँ पेसालाई मैले पनि निरन्तरता दिएको थिएँ”, बादीले भन्नुभयो, “अहिले यो पेसाबाट घरखर्च जोहो गर्नसमेत मुस्किल पर्छ ।” वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थका रूपमा छाला र ९खमारी० काठ आवश्यक पर्ने भए पनि अहिले सहज रुपमा पाउन मुस्किल छ । यसकारण पनि यो समुदायले पुख्र्यौली पेसाबाट जीविकोपार्जन गर्न चुनौती थपिएको हो ।

“केही वर्षअघिसम्म तीजको बेला र दसैँतिहारमा मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो”, बादीले भन्नुभयो, “अहिले तीजमा डिजेमा नाच्दछन् मादलको माग आउन छाड्यो, दसैँका बेलामा थारू समुदायले मादल बनाउन धेरै माग गर्छन् ।” उहाँले थारू समुदायमा दसैँको समयमा सखिया नाच नाच्ने भएकाले यो सिजनमा मादल बनाएर मात्र रु ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

अहिले पनि थारू समुदायबाट मादल बनाउन धेरै माग आएको छ । “अहिले मादल बनाउन न छाला पाइन्छ त ९खमारी० काठ पाइन्छ, मादलमा बाख्राका छालाको प्रयोग हुन्छ”, उहाँले भन्नुभयो, “भारतीय छिमेकी सहरमा छाला पाइन्छ, नाकामा सुरक्षाकर्मीले ल्याउन दिँदैनन् ।” दसैँका समयमा मादल बनाएको सानो र ठूलोको रु दुई हजारदेखि रु १२ हजारसम्म लिने गरेको बादीले बताउनुभयो ।

छाला र ९खमारी० काठ नपाइने भएकाले पछिल्लो समय नयाँ मादल बनाउनेभन्दा पनि मादल मर्मतका लागि आउने गरेको उहाँको भनाइ छ । यही समस्याका कारण पेसा नै सङ्कटमा परेपछि विकल्पका रूपमा जुत्ताको घरेलु उद्योग सञ्चालन गरेको बादी बताउनुहुन्छ । “जतिबेलासम्म छाला र ९खमारी० काठ सहज रूपमा पाइन्थ्यो यसबाट राम्रो आम्दानी हुन्थ्यो ।” वादीले भन्नुभयो, “अहिले जङ्गलबाट ९खमारी० काठ ल्याउन मिल्दैन, छाला सहज रूपमा पाइँदैन, यी दुई मुख्य कुरा नभएपछि वाद्यवादनका सामग्री बनाउन सकिँदैन ।”

दामाहा बाजा बनाउनका लागि छाला पाउन मुस्किल हुने गरेको छ । उहाँका अनुसार भारतीय बजारमा एउटा छालाको रु एक हजारसम्म खरिद गर्न पाइन्छ । “यहाँ छालाका लागि हामीले बाख्रा किन्नुपर्छ त्यो अत्यन्त महँगो हुन्छ, छालामात्र पाउँदैन”, बादीले भन्नुभयो, “भारतीय सहरहरूमा पाइन्छ, सीमानाकामा ल्याउन पाइँदैन ।”

अहिले जुत्ता उद्योगबाट घरखर्चको जोहो गरिरहेका बताउँदै उहाँले सिजनमा भने मादल बनाउने गरेको बताउनुभयो । “अहिले सिजनमा माग आएका बेलामात्र यो पेसा गर्छु, जीविकोपार्जनका लागि घरेलु जुत्ता पसल सञ्चालन गरेको छु”, बादीले भन्नुभयो, “पाँच छोराछोरीसहित परिवारको जोहो त्यसैबाट भएको छ ।” बादी समुदायको पुख्र्यौली पेसा जोगाउनका लागि सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

बादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्री गर्ने हो । विभिन्न पर्व विशेषमा समेत नाचगान गरेर जीविकोपार्जन गर्ने यो समुदाय बढ्दो आधुनिकतासँगै सङ्कटमा पर्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

  • नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ९ गते बुधबार

    २०८२ पुस ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution