Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मुस्ताङको ४७० हेक्टर क्षेत्रफलमा आलुखेती

रासस ७८ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र २८, शनिबार (१ महिना अघि)
मुस्ताङको ४७० हेक्टर क्षेत्रफलमा आलुखेती

मुस्ताङ, २८ भदौ
 हिमाली जिल्ला मुस्ताङमा कूल ४७० हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आइरहेको छ । यस वर्ष यहाँका पाँच पालिकामा गरिएका आलु उत्पादनको प्रारम्भिक सर्वेक्षणअनुसार शुन्य दशमलव शुन्य नौ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
आव २०८२÷८३ मा यहाँका पाँचै पालिकाको कूल ४७० हेक्टर आलु उत्पादन क्षेत्रमा आठ हजार ४९६ मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो । यस वर्षको आलु उत्पादकत्व  १८ दशमलव ४७ प्रति हेक्टर रहने केन्द्र प्रमुख गुरुङले उल्लेख गर्नुभयो ।
गत आव २०८१÷८२ मा यहाँ ४६० हेक्टर क्षेत्रफलमा आठ हजार ४५४ मेट्रिकटन आलु उत्पादन भएको थियो । गत वर्ष आलुको उत्पादकत्व प्रतिहेक्टर १८ दशमलव ३८ प्रतिशत रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्र प्रमुख गुरुङका अनुसार गत वर्षको तुलनामा यस वर्ष ४१ दशमलव शुन्य दुई प्रतिशत आलु उत्पादन हुने जनाइएको छ ।
उच्च भूगोल र यहाँको चिसो शीतोष्ण हावापानीमा उत्पादन हुने आलु स्वादिलो र पोषिलो हुने गर्छ । यसैले यहाँको मुस्ताङी आलु सहज÷बजारका उपभोक्ता रुचाउने गर्छन् । चिसो हावापानी र हिउँले सिञ्चित यहाँको खेतीयोग्य जमिनमा उत्पादन हुने विषादीरहित जैविक हुने भएकाले उपभोक्ता यहाँको आलुप्रतिको आकर्षण बढ्दो रहेको छ । यहाँ स्याउ बगैँचाभित्र किसानले अन्तरबालीका रुपमा आलुखेती गर्दै आइरहेको पाइन्छ ।
यहाँ सबैभन्दा बढी उपल्लो मुस्ताङ र बारागुङ मुक्तिक्षेत्रमा उत्पादन हुने आलुलाई थप विशेष महत्व दिने गरिएको छ । समुद्री सतहको दुई हजार ७०० मिटर माथिको क्षेत्रमा उत्पादन हुने भएकाले स्थानीयको आकर्षण उपल्लो मुस्ताङको आलुतर्फ बढेको हो । त्यसो त घरपझोङ र थासाङमा पनि किसानले आलुखेतीलाई विशेष महत्व दिएर खेती गर्दै आइरहेको पाइएको छ ।
मुस्ताङको तल्लो क्षेत्रमा किसानले फागुनमा आलुको बीउ रोपेर भदौ महिनामा आलु निकाल्न थाल्छन् । उपल्लो मुस्ताङमा चैत÷वैशाखमा आलुको बीउ रोपेर असोज÷कात्तिकमा खेतबारीबाट आलु खन्न सुरु गर्छन् । नगदेबाली भएको र सडक यातायातको सजह पहुँच भइसकेकाले यहाँ उत्पादित आलुको बजारीकरणमा कुनै समस्या नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यहाँ विकासे आलु र स्थानीय परम्परागत लोकल सेतो आलु उत्पादन हुने गरेको केन्द्र प्रमुख गुरुङको भनाइ छ । यहाँ विकास रातो आलु आंशिक उत्पादन हुने गरे पनि यहाँका किसानले बढीमात्रामा स्थानीय सेतो आलुको खेती गर्ने गरेको गुरुङले उल्लेख गर्नुभयो ।
यहाँ उत्पादन हुने आलु ६० प्रतिशत जिल्ला बाहिर निकासी हुने गरेको केन्द्रले बताएको छ । बाँकी ३० प्रतिशत आलु यही घरायसी प्रयोजन तथा होटल रेष्टुरेन्टमा खपत हुने र उत्पादित १० प्रतिशत आलुको बीउका रुपमा स्थानीय किसानले बिक्रीवितरण गर्ने गरेको केन्द्र प्रमुख गुरुङले बताउनुभयो ।
घरपझोङ–५ ठिनीका किसान महेन्द्र थकालीले यहाँ किसानले उत्पादन गर्ने आलु सहजै बिक्री हुने गरेको बताउनुभयो । उहाँले प्रतिपाथी यहाँको आलु रु २०० मा बिक्री भएको उल्लेख गर्नुभयो । “आलु उत्पादन गरेर हाभेस्ट मात्रै गरेपछि आलु व्यापारी किसानको खेतमै पुगेर सङ्कलन गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “पैसा नगद पाइने र आलु खनेपछि बजार पु¥याउनुपर्ने समस्या छैन ।” उहाँले मुस्ताङमा उत्पादन हुने आलु पोखरा–काठमाडाँैलगायत सहरको तारे होटलसम्म पुग्ने गरेको जानकारी दिनुभयो ।
आलुखेती गर्दै आइरहेका कृषि समूह, सहकारी र फर्मलाई यहाँका स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले विभिन्न अनुदानका कार्यक्रम सञ्चालनमा ल्याउने गरिएको छ । यसबाट पनि यहाँका किसान स्याउखेती जस्तै आलुखेतीमा लाभान्वित हुँदै आइरहेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

  • बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

  • शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

  • रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution