Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

रासस ८१ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र २७, शुक्रबार (१ महिना अघि)
काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

काठमाडौँ, २७ भदौ
‘जेनजी’ आन्दोलनपछि शान्तिसुरक्षा असहज हुँदा असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । शान्ति सुव्यवस्था कायम गर्ने सिलसिलामा अझै पनि निश्चित समय निषेधाज्ञा र कफ्र्यु कायम रहे पनि बिहान र बेलुकाको समयमा दैनिक जनजीवन सामान्य बन्दै गएको छ ।

यससँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापार व्यवसाय खुल्दै गएका छन् । सडकमा अत्यावश्यक सेवाका अतिरिक्त चारपाङ्ग्रे र दुईपाङ्ग्रे सरकारी, निजी सवारीसाधन निर्वाध रूपमा गुड्न थालेका छन् ।

चोकचोकमा सेनासहितका सुरक्षा निकायका गस्तीले पनि नागरिकलाई सुरक्षाको प्रत्याभूति गरेकाले जनजीवन सहज बन्न पुगको हो । आन्दोलनका क्रममा विस्थापित भएका प्रहरी कार्यालयबाट सेवा प्रवाह सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

खासगरी काठमाडौँको सहरी इलाकामा बिहान सबेरै दैनिक उपभोग्य सामग्री किनमेलका लागि भीड जस्तै देखिन्थ्यो । व्यवसायीले कालीमाटी, बल्खु, माछापोखरी, लगनखेलगायत क्षेत्रमा पुगेर तरकारी तथा फलफूल र दुग्धजन्य पदार्थ सङ्कलन गरी बिक्री गरेका थिए ।

आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका भवन तथा संरचनाको सरसफाइ, फोहर व्यवस्थापन कार्य तदारुकताका साथ अघि बढेका छन् । सिंहदरबारभित्रका मन्त्रालय तथा कार्यालयका कर्मचारी पनि सेवा प्रवाहमा सहजीकरण ल्याउन र दैनिक कामकाज गर्ने वातावरण बनाउन खटिएका छन् ।

सडकमा भेटिएका प्रायःजसोले आन्दोलनको क्षतिको कुरा गरिरहँदा पुरातात्विक महत्त्वको प्रमुख राजनीतिक–प्रशासनिक केन्द्र सिंहदरबार जलेकामा चिन्ता र दुःखेसो पोखेको सुनिन्थ्यिो । आगजनीबाट नष्ट भएको संसद् भवन, सिंहदरबार तथा व्यावसायिक भवनमा भएको क्षति अवलोकन गर्न घुइँचो देखिन्थ्यो ।

आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि सरसफाइको काम भइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

  • रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

  • पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

    पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

  • मुस्ताङमा भारी हिमपात

    मुस्ताङमा भारी हिमपात

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

    पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

    मुस्ताङमा भारी हिमपात

    मुस्ताङमा भारी हिमपात

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution