Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘बिरुवा रोप्नुभन्दा हुर्काउनु महत्वपूर्ण’

रासस २०३ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र १८, बुधबार (३ महिना अघि)
‘बिरुवा रोप्नुभन्दा हुर्काउनु महत्वपूर्ण’

दमौली (तनहुँ), १८ भदौ
निजामती सेवा दिवसको अवसरमा तनहुँमा वृक्षारोपण गरिएको छ । निजामती सेवा दिवस मूल समारोह समितिको आयोजनामा आज व्यास नगरपालिका–११ स्थित सिद्धवराह सामुदायिक वनमा वृक्षारोपण गरिएको हो ।

डिभिजन वन कार्यालय तनहुँको संयोजनमा भएको कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो । मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले वृक्षारोणको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बिरुवा रोप्नुभन्दा पनि हुर्काउनु महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, निमित्त वन अधिकृत शरदकुमार अधिकारी लगायत कर्मचारीहरुको सहभागिता थियो ।

जिल्लामा यही भदौ १८ गतेदेखि २२ गतेसम्म निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पहिलो दिन डिभिजन वन कार्यालयको संयोजनमा वृक्षारोपण गरिएको छ भने यही भदौ १९ गते प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको संयोजनमा डेङ्ग लगायतका सङ्क्रामक रोग नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम, २० गते कर्मचारी मिलन केन्द्रको संयोजनमा मैत्रीपूर्ण खेलकुद प्रतियोगिता, सोहीदिन मूल समारोह समितिको संयोजनामा कार्यालय परिसर सरसफाई, भदौ २१ गते प्रदेश अस्पताल दमौली तथा सामाजिक विकास कार्यालयको संयोजनमा वृद्धाश्रम, असहायक आश्रममा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण तथा सहयोग कार्यक्रम हुनेछ ।

यस्तै भदौ २२ गते मूल समारोह समितिको संयोजनमा प्रभातफेरी, सोहीदिन प्रदेश अस्पताल दमौली, प्रदेश जनस्वास्थ्य कार्यालयको संयोजनमा स्वास्थ्य शिविर, सेवा निवृत्त कर्मचारीहरुको सम्मान तथा औपचारिक समारोह र सबै कार्यालयहरुमा पहिलो सेवा लिन आउने सेवाग्राहीलाई सम्मान कार्यक्रम गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

  • सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

  • फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

    फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

  • स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ५ गते शनिबार

    २०८२ पुस ५ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

    फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution