Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र १८, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘स्याफ्रु–रसुवागढी सडकखण्ड सञ्चालन गर्न अनुरोध’

प्रत्यूष ३२ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र १८, बुधबार (४ घण्टा अघि)
‘स्याफ्रु–रसुवागढी सडकखण्ड सञ्चालन गर्न अनुरोध’

रसुवा, १८ भदौ
स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्गमा मालवाहक सवारीसाधन गुड्ने अवस्था नहुँदा जिल्लास्थित निर्माणाधीन जलविद्युत् आयोनाहरूको काम प्रभावित भएको छ ।

गत असार २४ गतेको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको मुहानको बाँधमा क्षति पु¥याएपछि मर्मत एवं पुनर्निर्माणका लागि अत्यवश्यक उपकरण तथा सामग्री ढुवानी हुननसक्दा काम प्रभावित भएको हो ।

सुरूङ र जलविद्युत्गृह सुरक्षित रहे पनि मुहानको बाँध पूरै क्षति भएपछि मर्मत गर्न आवश्यक रड तथा सिमेन्टसहितका उपकरण ढुवानी तथा व्यवस्थापन गर्न समस्या देखिएको रसुवागढी जलविद्युत् कम्पनीले जनाएको छ ।

बाढीका कारण क्षतिग्रस्त सडकमा ‘ट्रयाक’ खोलेसँगै हल्का सवारीसाधनमात्र आवतजावत गर्नसक्ने भएको तर ठूला मालवाहक गाडी चल्ने अवस्था नभएकाले सामान ढुवानी गरी जलविद्युत् आयोजनको बिग्रिएका संरचनाको मर्मतसम्भारसहितका अन्य काम हुन नसकेको सो कम्पनीका प्रबन्ध निर्देशक सत्यराम ज्याख्वले बताउनुभयो ।

सो कम्पनीका अनुसार ल्हेन्दे खोलामा आएको बाढीले १११ मेगावार्ट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको संरचना बिगारेसँगै विद्युत् उत्पादन बन्द भई दैनिक रु एक करोडभन्दा बढी आम्दानी नोक्सान भइरहेको छ ।

दैनिक २६ लाख ६४ हजार युनिट विद्युत उत्पादन हुनेगरेको रसुवागढी विद्युत् उत्पादन केन्द्रको संरचना बिग्रिएसँगै कम्पनीले रु ७२ करोड ८८ लाख ७० हजार घाटा व्यहोर्नुपरेको प्रबन्ध निर्देशक ज्याख्वले जानकारी दिनुभयो । बाढीले आयोजनाको मुहानको बाँधलगायतका बाहिरी संरचना क्षति हँुदा करिब रु तीन अर्ब ५० करोड नोक्सान भएको रसुवागढी जल विद्युत् कम्पनीले जनाएको छ ।

विद्युत् उत्पादनबाट हुने आम्दानीबाट आयोजना निर्माणमा लागेको ऋण चुक्ता गर्ने आठ वर्ष निर्धारण गरिएकामा यसरी विद्युत् उत्पादन हुन नसकेपछि ऋण चुक्ता गर्ने समयावधि बढाउनुपर्नेमा जोड दिँदै प्रबन्ध निर्देशकले भुक्तानी दिनुपर्ने सावाँ र ब्याजको भार समेत बढ्ने भएकाले अवरुद्ध सडकखण्ड यथासक्य छिटो सञ्चालन गर्ने वातावरण तयार गरिदिन सरकारसँग अनुरोध गर्नुभयो ।

मुहानको बाँधमा बाढीले ठुलाठुला ढुङ्गाहरू ल्याएको र बाँधको भुँइको सतहस्थित सिमेन्टका संरचना विगारेकाले निर्माण सामग्रीसहित बाढीले ल्याएका ढुङ्गा फोर्ने उपकरण ल्याउन सडकमा ठूला सवारीसाधन गुडाउने वातावरण तयार नहुँदा मर्मतकार्य अगाडि बढाउन नसकेको आयोजनाले स्पष्ट परेको छ ।

उता गल्छी, मैलुङ सडक सुधार आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठका अनुसार चार पाँच दिन सम्ममा रसुवागढीसम्मको ट्रयाक खोली सक्ने र चीन सरकारले ल्हेन्दे खोलामा मितेरी पुल निर्माण सम्पन्न गरिसक्दा मालवाहक सवारीसाधन गुड्ने वातावरण मिलाउने लक्ष राखिएको छ । यसरी सीमानाकालाई लक्षित गरी काम गर्दा राष्ट्रिय गौरवका जलविद्युत् आयोजनाहरूको काम अलपत्र अवस्थामा पर्न लागेको जलविद्युत् केन्द्रले गुनासो गरेको छ ।

रसुवालीलगायत नेपाली जनताको शेयर समेत रहेको सो रसुवागढी जलविद्युत् आयोजनाको मुहान मर्मतका लागि ल्याइने मालसामग्री ढुवानी गराउन दुई लेनको सडक चाँडै निर्माण गर्न नागरिक समाज, रसुवाले माग गरेको छ ।

सडक पूर्णरुपमा अवरुद्ध भएसँग आयत–निर्यात ठप्प भई रसुवा भन्सारको राजस्व सङ्कलन शून्यमा झरेको छ । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सडक बन्द हुँदा वर्षिक रु ४० अर्ब १६ करोड तथा साउन–भदौमा रु सात अर्ब उठाउने लक्ष्य कुनै पनि हालतमा पूरा नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘बिरुवा रोप्नुभन्दा हुर्काउनु महत्वपूर्ण’

    ‘बिरुवा रोप्नुभन्दा हुर्काउनु महत्वपूर्ण’

  • भोजपुरमा सुन्तलामा फल झर्ने रोग

    भोजपुरमा सुन्तलामा फल झर्ने रोग

  • एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय

    एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय

  • नेप्से परिसूचक १९ अङ्कले घट्यो

    नेप्से परिसूचक १९ अङ्कले घट्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र १८ गते बुधबार

    २०८२ भाद्र १८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘बिरुवा रोप्नुभन्दा हुर्काउनु महत्वपूर्ण’

    ‘बिरुवा रोप्नुभन्दा हुर्काउनु महत्वपूर्ण’

    भोजपुरमा सुन्तलामा फल झर्ने रोग

    भोजपुरमा सुन्तलामा फल झर्ने रोग

    ‘स्याफ्रु–रसुवागढी सडकखण्ड सञ्चालन गर्न अनुरोध’

    ‘स्याफ्रु–रसुवागढी सडकखण्ड सञ्चालन गर्न अनुरोध’

    एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय

    एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution