Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र १६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै स्थानीय तह

रासस ४१ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रबार (३ दिन अघि)
सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै स्थानीय तह

गोरखा, १३ भदौ
गाउँलेको अत्याधिक बसाइँसराइ भएपछि गोरखाका गाउँपालिकाहरूको सेवा दिने तौरतरिका पनि फेरिन थालेको छ । अहिले गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीलाई गोरखा बजार, चितवन र काठमाडौँमा खटाउन थालेका छन् ।

बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक, अजिरकोट, धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिकाले गोरखा बजार, काठमाडौँ र चितवनका सहरमा पुगेर सामाजिक सुरक्षाभत्ताको कार्ड नवीकरण शिविर सञ्चालन गरेको हो ।

सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालका अनुसार कर्मचारीको टोली खटाएर विभिन्न मितिमा सहरमा शिविरि सञ्चालन गरिएको छ । “काठमाडौँमा साउन ३०, ३१, भदौ १ र २ गते घुम्ती शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरे, जसबाट २५० जनाले सेवा लिए । चितवनमा यही बिहीबार र शुक्रबार शिविर सञ्चालन भइरहेको छ । चितवनको धुम्ती शिविरबाट कम्तीमा पनि तीन सय जनाले सेवा लिने हाम्रो अनुमान छ । पालिकाले काठमाडौँको वनस्थली चोक र चितवनको भरतपुर महानगरपालिका–११ शान्तिटोलमा सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गरेको हो ।

गाउँपालिकाका अधिकांश वृद्धवृद्धा औषधोपचारका लागि काठमाडौँ तथा चितवनजस्ता सहरहरूमा बस्दै आएकाले पालिकाले उतै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो । उहाँका अनुसार पालिकाले सहरमै पुगेर यसरी घुम्ती शिविर सञ्चालन गरेको यो पहिलोपटक हो । “वृद्धवृद्धा गाउँमा आउनुपर्दा उहाँहरूलाई गाह्रो हुने भयो । कतिपय त ह्वीलचियरसहित आउनुपर्ने अवस्था छ । हाम्रा अधिकांश पालिकापासी काठमाडौँ र चितवनमा बसोबास गर्नुुहुन्छ त्यसैले त्यहीँ पुगेर घुम्ती शिविर सञ्चालन गरेका हौँ”, अर्यालले भन्नुभयो । शिविरमा एकजना एमआइएस अपरेटर, एकजना वडासचिव र जनप्रतिनिधि खटिएका उहाँको भनाइ छ ।

सिरानचोक गाउँपालिकाका अधिकांश वृद्धवृद्धा छोराछोरीको सहारा खोज्दै काठमाडौँ, चितवनमा बसोबास गर्न गएका छन् । कतिपय भने औषधोपचारका लागि ती सहरमा बस्दै आएको अर्यालले बताउनुभयो । उनीहरू गाउँमा आउनुभन्दा पालिका नै उता जानु सजिलो हुने भएकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन उतै गएको उहाँको भनाइ छ । पालिकाले सहरमै पुगेर यसरी घुम्ती शिविर सञ्चालन गरेको यो पहिलोपटक हो । गाउँपालिकाको चार हजार ८०० जना नागरिकले सामाजिक सुरक्षाभत्ता लिने गरेकामा आधाभन्दा धेरै पालिका बाहिर बसोबास गर्दै आएका छन् ।

सिरानचोकले जस्तै बारपाक सुलिकोट गाउँपालिकाले पनि काठमाडौँ र चितवनमा घुम्ती शिविर सञ्चालन गरेको छ । पालिकाले यही साउनको अन्तिम साता काठमाडौँ र चितवनमा सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि शिविर सञ्चालन गरेको हो । आफ्ना नागरिक बसोबास गरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि शिविर चलाएको पालिकाले जनाएको छ ।

बारपाक सुलिकोटले साउन २६ र २७ गते चितवन तथा साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा शिविर सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेमगरले बताउनुभयो । जसबाट चार सय २५ जनाले सेवा लिएका उहाँले जानकारी दिनुभयो । चितवनमा भएको शिविरमा एक सय २९ जना र काठमाडौँ दुई सय ९६ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ । नवीकरण गराउनेमा दुई सय ४१ महिला र एक सय ८४ पुरुष छन् ।

गाउँपालिकाका करिब छ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । तीमध्ये आधाभन्दा बढी पालिका बाहिर रहेको आलेले जानकारी दिनुभयो । तीन हजारमात्र गाउँमा छन् । बाँकी पाँच सय जना गोरखा बजारमा, एक हजार जति चितवन र एक हजार ५०० जना काठमाडौँमा बसोबास गर्ने उहाँले सुनाउनुभयो ।

चुमनुब्री गाउँपालिकाले पनि काठमाडौँ र जिल्ला सदरमुकाम गोरखामा घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षाभत्ताको कागजात नवीकरण गरेको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने बताउनुभयो । विकट मानिने धार्चे गाउँपालिका पनि घुम्ती शिविर गर्ने तयारीमा छ । यही भदौ १५, १६ र १७ गते जिल्ला सदरमुकाममा सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि घुम्ती शिविर सञ्चालन हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो । शिविरबाट छ सय जनाले सेवा लिने पालिकाको अनुमान छ ।

अजिरकोट गाउँपालिकाले साउन २८ र २९ गते चितवनमा र साउन ३० र ३१ गते काठमाडौँमा शिविर आयोजना गरेको थियो । जिल्लाको आरुघाट गाउँपालिकाले पनि काठमाडौँमा घुम्ती शिविर गरेको छ । पालिकाले साउन १६, १७, १८ र १९ गते शिविर सञ्चालन गरेको थियो । जसबाट दुई सय ३५ जनाले सेवा लिएका छन् । हरेक वर्ष भत्ताका लागि लाभग्राही सूची नवीकरण गर्नुपर्ने व्यवस्था छ । बसाइँसराइ तथा उपचारका लागि सहर झरेकाको समस्यालाई मध्यनजर गरी सहरमै शिविर सञ्चालन गरेर कार्ड नवीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृतहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

    जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

  • फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

    फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

  • विदेशको मोह त्यागेर भैँसीपालनमा

    विदेशको मोह त्यागेर भैँसीपालनमा

  • सुनको मूल्यमा निरन्तर किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो

    सुनको मूल्यमा निरन्तर किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ११ गते बुधबार

    २०८२ भाद्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

    जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

    फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

    फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

    विदेशको मोह त्यागेर भैँसीपालनमा

    विदेशको मोह त्यागेर भैँसीपालनमा

    सुनको मूल्यमा निरन्तर किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो

    सुनको मूल्यमा निरन्तर किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution