Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र १२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बेनी बजारमा रातो च्याउको माग बढी

प्रत्यूष ३४ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र १२, बिहिबार (८ घण्टा अघि)
बेनी बजारमा रातो च्याउको माग बढी

म्याग्दी, १२ भदौ
 बेनी बजारमा रातो च्याउको खपत हुने भएकाले व्यवसायीले माग धन्न सकिरहेका छैनन् । रातो च्याउ स्वादिलो र पोषिलो हुने भएकाले पनि उपभोक्ताको रोजाइमा पर्ने गरेको हो ।
यही भदौ १० गते बेनी बजारमा रातोच्याउ बेच्न आउनुभएका रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका लगीन छन्त्यालको डोको ३० मिनेटमा रित्तियो । कुइनेमङ्गलेको जङगलबाट ल्याएको २० किलो रातोच्याउ बजारका उपभोक्ताले खोसाखोस गरेर किन्नु भएको उहाँले बताउनुभयो ।
“गाउँघरमा परम्परागत तरिकाले उपभोग गरिने रातो च्याउ सडक तथा यातायातको सुविधासँगै सहर, बजारमा पुग्न थालेको छ”, छन्त्यालले भन्नुभयो, “खोज्न सक्नुप¥यो च्याउ जति पनि बिक्री हुन्छ ।” उहाँका अनुसार समुन्द्री सतहबाट तीन हजार मिटर उचाइका जङ्गलमा खस्रु, हिमाली सल्ला, फलाट, दबदबे जातका सुकेका रूखमा बर्खायाममा आफैँ उम्रने रातोच्याउ तरकारीका रूपमा उपभोग हुन्छ ।
बेनीमा ताजा रातो च्याउ प्रतिकिलो रु एक हजारका दरले किनबेच भइरहेको छ । सुकुटी बनाइएको प्रतिकिलो रु चार हजारदेखि रु पाँच हजारसम्म पर्ने धवलागिरि गाउँपालिका–१ गुर्जाका भविन छन्त्यालले बताउनुभयो । सबैभन्दा बढी जङ्गली च्याउ टिपेर बजारमा बेच्ने गुर्जाका बासिन्दा हुन् । गुर्जाका बासिन्दाले च्याउ बेचेर वार्षिक रु दुई–तीन लाखसम्म आम्दानी गर्ने उहाँले जानकारी दिनुभयो ।
रातो च्याउ स्वादीलो र पोषिलो हुने भएकाले उपभोक्ताको रोजाइमा पर्ने बेनीकी होटल व्यवसायी नौलीमाया पुनले बताउनुभयो । रातो च्याउमा प्रोटिन र विभिन्न आवश्यक तत्व पाइने नेपाल कृषि अनुसन्धान परिषद्को रातो च्याउखेती प्रविधि पुस्तिकामा उल्लेख छ ।
रातो जङ्गली च्याउ उम्रिन निश्चित तापक्रम र आद्र्रता चाहिन्छ । मध्यजेठदेखि मध्यअसारसम्म र मध्यभदौदेखि असोजसम्म मात्र च्याउ टिप्ने उपयुक्त मौसम हो । म्याग्दीको गुर्जा, लुलाङ, मुदी, चिमखोला, मुना, कुइने, मङ्गले, घ्याँसीखर्क, राम्चे, घोडेपानीलगायत माथिल्लो भेगका बस्ती तथा जङ्गलमा रातोच्याउ व्यापारिक रूपमा सङ्कलन हुन्छ ।
“जङ्गलबाट टिपेको च्याउ छिट्टै बिग्रने भएकाले सङ्कलकहरूले टुक्रा पारेर घाममा सुकाउँछन् । घाम नलागेका बेला भने अँगेनाको माथि भार बनाइ भकारी राख्ने र त्यसैमाथि च्याउ राखेर ताप र धुवाँले सुकाउँछन्”, पुनले भन्नुभयो ।
डिभिजन वन कार्यालयका अनुसार म्याग्दीका जङ्गलबाट वार्षिक ३० क्विन्टल रातो च्याउ उत्पादन हुन्छ । जिल्ला बाहिर बिक्रीका लागि पठाउँदा च्याउमा वनले प्रतिकिलो रु १० का दरले राजस्व लिने गरेको छ । जिल्लाभित्र च्याउ सङ्कलन र बिक्रीका लागि अनुमति चाहिँदैन । सहर, बजारमा बस्ने लेकाली तरकारीको स्वाद नबिर्सेका उपभोक्ताले गाउँबाट रातो च्याउ किनेर लैजाने वा आफन्तमार्फत मगाउने व्यवसायी छन्तयालले बताउनुभयो ।
“रातो च्याउ टिप्न जोखिम र दुःख पनि छ । बस्तीबाट टाढाको जङ्गलमा वन्यजन्तुको आक्रमण हुने जोखिम हुन्छ, सुकेका अग्ला रूखमा उम्रेको च्याउ टिप्न ज्यान जोखिममा राखेर चढ्नु सजिलो छैन्् । रातो च्याउ सजिलै चिन्न सकिने भएकाले विषालु च्याउको जोखिम भने हुँदैन”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिनेछौँः मन्त्री भण्डारी

    आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिनेछौँः मन्त्री भण्डारी

  • ‘सत्सङ्गले समाजको विकृति विसङ्गती हटाउन मद्दत गर्छ’

    ‘सत्सङ्गले समाजको विकृति विसङ्गती हटाउन मद्दत गर्छ’

  • व्यावसायिक ड्रागनखेतीमा रमाउँदै भोजपुरका किसान

    व्यावसायिक ड्रागनखेतीमा रमाउँदै भोजपुरका किसान

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ११ गते बुधबार

    २०८२ भाद्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिनेछौँः मन्त्री भण्डारी

    आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिनेछौँः मन्त्री भण्डारी

    ‘सत्सङ्गले समाजको विकृति विसङ्गती हटाउन मद्दत गर्छ’

    ‘सत्सङ्गले समाजको विकृति विसङ्गती हटाउन मद्दत गर्छ’

    बेनी बजारमा रातो च्याउको माग बढी

    बेनी बजारमा रातो च्याउको माग बढी

    व्यावसायिक ड्रागनखेतीमा रमाउँदै भोजपुरका किसान

    व्यावसायिक ड्रागनखेतीमा रमाउँदै भोजपुरका किसान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution