काठमाडौँ, १२ भदौ
स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनको मोल तोलमा रु चार सयले बढेको छ भने चाँदी रु १० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९९ हजार ४०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५५ मा खरिदबिक्री भइरहेको छ ।
हिजो बुधबार एक तोला सुन रु एक लाख ९९ हजारमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३४५ मा क्रयविक्रय भएको थियो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |