Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बेनीमा २० वर्षपछि ‘थेत्तोर’ नाच

रासस ५८ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार (२ महिना अघि)
बेनीमा २० वर्षपछि ‘थेत्तोर’ नाच

म्याग्दी, ११ भदौ: बेनीमा २० वर्षपछि थेत्तोर (धानको बाला) नाच प्रदर्शन गरिएको छ । नेपाल भाषा मंकाःखल, मैजुःखल र ल्यामः पुचका कलाकारले मङ्गलबार हरितालिका तीजको अवसरमा मौलिक र परम्परागत थेत्तोर नाच प्रदर्शन गरेका हुन् ।

भाषा मंकाःखलका कलाकार सञ्जयकुमार श्रेष्ठले २० वर्षपछि बेनीमा थेत्तोर नाच देखाइएको जानकारी दिनुभयो । यसअघि विसं २०६२ मा यो नाच देखाइएको थियो । कलाकारहरुको अभावका कारण बर्खेनाचअन्तर्गतको थेत्तोर नाच नियमित प्रदर्शन हुन सकेको थिएन । थेत्तोरलाई धानको बाला नाचका रुपमा चिन्ने गरिन्छ ।

थेत्तोर नाचमा परदेशी घर फर्कने क्रममा बाटोमा हुने घटनाक्रमलाई प्रस्तुत गरिने कलाकार विनोद श्रेष्ठले बताउनुभयो । “परापूर्वकालमा रोजगारीका लागि छिमकी मुलुक भारत गएकाहरु घर फर्कने क्रममा बाटोमा बास बस्दा हुने नाचगानका विषयवस्तुलाई ठट्यौली रुपमा गीतमा प्रस्तुत गरिन्छ”, उहाँले भन्नुभयो, “मौलिक गीतको लय र सुर तालमा लाहुरे, युवतीहरु र जोक्करले गर्ने अभिनय रोचक हुन्छ ।”

थेत्तोर नाचमा यसपालि बेनी सामुदायिक माविका विद्यार्थी कलाकार सहभागी भएका थिए । नाचका लागि वाद्यवादनसहित ३० जनाभन्दा बढी कलाकार आवश्यक पर्छ । बेनी वरपरका गाउँबस्तीमा धान र कोदो रोपाइँको काम सकेपछि स्थानीयहरु मनोरञ्जनका लागि बर्खेनाच हेर्न बेनी आउने यहाँको पुरानो चलन हो ।
बेनीमा घण्टाकर्ण चर्तुदर्शीका दिनदेखि सुरु भएको बर्खेनाचको तीज पर्वका दिन समापन गरिएको छ । दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिएको हो ।

दुई सय वर्षअघि बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरु भएको विश्वास छ । घण्टाकर्ण चर्तुदर्शीदेखि तीजका दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ । यसवर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागागागिनी र थेत्तोर नाच देखाइएको ल्यामः पुःचका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । बर्खे नाचमा मृदृङ्गा र मादलको तालमा नृत्य गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिन्छ ।

लाखेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने चलन रहेको नेपाल भाषा मंःकाःखल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

  • बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

  • १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

    १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

    १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution