Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २४, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

तीजले सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छः ऊर्जामन्त्री खड्का

प्रत्यूष २१० पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र ८, आईतबार (३ महिना अघि)
तीजले सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छः ऊर्जामन्त्री खड्का

काठमाडौँ, ८ भदौ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हरितालिका तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोेड्दै लगेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ पशुपति क्याम्पस एकाइ समितिले आज हरितालिका पर्वका अवसरमा आयोजना गरेको ‘सांस्कृतिक तथा दर खाने कार्यक्रम’मा उहाँले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताउनुभएको हो ।

उहाँले तीजलाई केबल महिलाको पर्व नभई समाजलाई अनुशासित, मर्यादित र आस्थासँग जोड्ने माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो । “कुनै धातु तरल अवस्थामा रहँदा जसरी पाइएको फ्रेमअनुसार आकार लिन्छ, विद्यार्थी पनि आजको दिनमा आफैँलाई जसरी तयार गर्छन्, त्यसरी नै भविष्य निर्माण हुन्छ, त्यसैले धर्म, संस्कृति र समाजको रक्षा गर्दै योग्य नागरिक बन्नु तपाईहरुको जिम्मेवारी हो, तीज सबैले मिलेर मनाउने साझा पर्वका रूपमा स्थापित हुँदै गएको छ”, उहाँले भन्नुभयो।

कार्यक्रममा योगमाया आयुर्वेद विश्वविद्यालयका उपकुलपति डा रमेश ढुङ्गेलले तीजजस्ता सांस्कृतिक पर्वहरूले नेपाललाई विश्वमञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “हाम्रा पर्वहरूले राष्ट्रिय पहिचानलाई निरन्तरता दिनेमात्र होइन, विविधतामूलक संस्कृतिलाई अन्तरराष्ट्रियस्तरमा उजागर गर्ने अवसर पनि प्रदान गर्छन्”, उहाँले भन्नुभयो ।

पशुपति क्याम्पसका क्याम्पस प्रमुख विनोद पन्तले विद्यार्थीलाई सांस्कृतिक चेतना, अनुशासन र ज्ञानसँगै अगाडि बढ्न आग्रह गर्नुभयो । नेविसङ्घ एकाइ समितिका अध्यक्ष सरोज लिम्बूले तीज सबै जातजाति र भाषा–भाषीबीच साझा पर्वका रूपमा विस्तार हुँदै गएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • विश्वले अभूतपूर्व जल सङ्कटको सामना गरिरहेको छः मन्त्री डा परियार

    विश्वले अभूतपूर्व जल सङ्कटको सामना गरिरहेको छः मन्त्री डा परियार

  • निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

    निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

  • प्राकृतिक शीतभण्डारमा किबी

    प्राकृतिक शीतभण्डारमा किबी

  • सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

    सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २३ गते मंगलबार

    २०८२ मंसिर २३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    विश्वले अभूतपूर्व जल सङ्कटको सामना गरिरहेको छः मन्त्री डा परियार

    विश्वले अभूतपूर्व जल सङ्कटको सामना गरिरहेको छः मन्त्री डा परियार

    निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

    निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

    प्राकृतिक शीतभण्डारमा किबी

    प्राकृतिक शीतभण्डारमा किबी

    सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

    सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution