Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’

प्रत्यूष १३३ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र ५, बिहिबार (४ महिना अघि)
‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’

काभ्रेपलाञ्चोक, ५ भदौः काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ का ८३ वर्षीया जयकुमारी तामाङ आफूले खेती गर्दै आएको जग्गाको लालपुर्जा हातमा प्राप्त हुँदा निकै खुसी हुनुहुन्छ । यसअघि रसिदको भरमा जग्गा भोगचलन गर्दै आएको अवस्थामा ५० वर्षपछि बल्ल जग्गाधनी प्रमाणपुर्जा पाउँदा धेरै खुसी लागेको उहाँले सुनाउनुभयो ।

पहिलोपटक जग्गाधनी प्रमाणपुर्जा हात पर्दा वडा नं ८ का ८० वर्षीय कुलबहादुर श्रेष्ठको मुहारमा पनि हर्ष छाएको छ । विसं २०३२ मा भएको नापीका क्रममा तत्कालीन दुई गाउँपञ्चायतबीच सिमाना विवादका कारण नापजाँच रोकिएपछि उहाँ पुर्जा पाउनबाट वञ्चित हुनुहुन्थ्यो । त्यसको ५० वर्षपछि आफूलगायतले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेको श्रेष्ठले बताउनुभयो ।

जग्गाको भोगलचन गर्दै आए पनि आवश्यक परेको बेलामा किनबेच, व्यापार–व्यवसाय र बैङ्किङ कारोबारका लागि कुनै पनि काममा प्रयोग गर्न नपाएर समस्या व्यहोर्दै आएकामा अब चाहेको काम गर्नका लागि बाटो खुलेको भन्दे उहाँ खुसी हुनुहुन्छ ।

वडा नं ७ फलाँटे पीपलटारका ८२ वर्षीय गोपिकृष्ण उप्रेतीले आफूले कमाई खाइपाइ गर्दै आएको भए पनि जग्गाधनीपुर्जा आफ्नो हातमा नहुँदा निकै निराश लाग्ने गरेकामा बल्ल पुर्जा हात परेपछि खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो,“पुर्जा नपाउँदा कुनै कारोबार पनि गर्न पाइएन । काम गर्न सक्ने उमेर भएको बेला पुर्जा भएको भए भैँसीपालन गरेर धेरै आम्दानी गर्न सकिन्थ्यो, त्यो बेला पाइएन । ठिकै छ ढिलै भए पनि पुर्जा पाइयो खुसी छु ।”

साबिक फलाँटे गाउँपञ्चायत हालको भुम्लु गाउँपालिका–७ फलाँटेका ७८ वर्षीय तोरणबहादुर क्षेत्रीले आफूले जस्तै अब बाँकी सबै नागरिकले पनि छिट्टै पुर्जा पाएको हेर्ने रहर सुनाउनुभयो । उहाँका अनुसार तत्कालीन फलाँटे गाउँपञ्चायत र भुम्लुटार गाउँपञ्चायत गाभेर पीपलटार गाविस बनेको थियो । त्यही बेलामा (२०३२ सालमा) नापी सुरु हुँदा सीमाको विषयलाई लिएर दुई पक्षबीच भएको विवादका कारण लामो समयसम्म पुर्जा पाउन सकिएन । “धेरै वर्षपछि जनप्रतिनिधिको सक्रियतामा पुर्जा पाउँदा निकै खुसी लागेको छ । अब बाँकी नागरिकले पनि चाँडै पुर्जा पाए गाउँभरि नै हर्ष हुन्थ्यो”, क्षेत्रीले भन्नुभयो ।

भुम्लु गाउँपालिका–७ बाट १७६ र वडा नं ८ बाट २०३ जनाले पहिलोपटक जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन् । वडा नं ८ का वडाअध्यक्ष मोतिलाल तामाङले विगतमा विभिन्न समयमा प्रयास भए पनि विविध कारणले अगाडि नबढेको काम ०८१ सालदेखि सुरु भई हालै सम्पन्न भएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले आफूहरूको निकै महेनतका कारण आधा शताब्दीपछि बल्ल भुम्लुका वडा नं ७ र ८ का नागरिकले जग्गाधनी प्रमाण पुर्जा पाएको बताउनुभयो । “विसं २०३२ देखि पुर्जाविहीन नागरिकलाई ५० वर्षपछि पुर्जा उपलब्ध गराउन सफल भएका छौँ”, उहाँले भन्नुभयो, “यो दिन ल्याउनका लागि सबैको भूमिका उत्तिकै उल्लेखनीय रह्यो । सबैलाई धन्यावाद ।”

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मा र नापी विभागका महानिर्देशक प्रकाश जोशीले तत्कालीन समयमा सीमा विवादका कारण रोकिएको काम सबैको साझा प्रयासबाट सफल भएको सुनाउनुभयो । अब बाँकी नागरिकलाई पनि चाँडै पुर्जा वितरण गरिने उहाँरूको भनाइ छ ।

हालसम्म भुम्लुबाट करिब एक हजार ५०० भन्दा बढी आवेदन परेकामा करिब ४०० जग्गाधनी प्रमाणपुर्जा बनिसकेको जनाइएको छ । यसका लागि नापी विभागबाट यहाँ नापी कार्यालय स्थापना गरी दुईवटा टोलीमार्फत भइरहेको छ । त्यसरी अगाडि बढेको कामले पूर्णता पाएसँगै मङ्गलबार नापी विभाग र भुम्लु गाउँपालिकाको संयुक्त आयोजनामा जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबाट त्यहाँका पुर्जाविहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो । अब बाँकी काम निरन्तर जारी रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

  • सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ५ गते शनिबार

    २०८२ पुस ५ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution