Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

रासस १६० पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार (४ महिना अघि)
धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली, ४ भदौ
 विश्वकर्मा पूजा आउन करिब एक महिना बाँकी रहँदा यहाँ विश्वकर्माको मूर्ति बनाउन सुरु मूर्तिकारलाई भ्याइनभ्याइ भएको छ । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजाका दिन विश्वकर्माको पूजाआराधना गर्दै यहाँ उत्सव मनाउने प्रचलन रहेको छ ।
धनगढी उपमहानगरपालिका–२ भन्सारका मूर्तिकार महेन्द्रकुमार शाहले असोज १ गते मूर्तिको माग बढी हुने भएकाले अहिलेदेखि बनाउन थालिएको बताउनुभयो । विश्वकर्मा पूजाका लागि फरकफरक स्वरुपका कलात्मक मूर्ति बनाउन उहाँलाई  हिजोआज भ्याइनभ्याइ छ ।
माटोको मूर्ति निर्माण गर्ने, निर्मित मूर्तिलाई सिँगार्ने, रङ लगाउने, सजाउने, आकर्षक बनाउनेलगायत कार्यमा व्यस्त हुने गरेको शाहले बताउनुभयो । “पूजाको दिन बजारमा कलकारखाना, उद्योग, औजार र उपकरणलगायत क्षेत्रमा मूर्ति मा बढी हुन्छ । मूर्तिलाई प्रतिस्थापना गरेर पूजाअर्चना गर्ने प्रचलन छ”, उहाँले भन्नुभयो, “बजार मागअनुसार आपूर्ति गर्ने उद्देश्यले साउनको दोस्रो सातादेखि विश्वकर्मा बाबाको मूर्ति बनाउन सुरु गरेको हुँ, पछि हतार गर्नुभन्दा अहिलेदेखि काम गर्द सहज हुन्छ ।”
मूर्तिकार शाहले हालसम्म १५ वटा मूर्ति निर्माण भइसकेका जनाउँदै थप मूर्ति बनाउने तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार प्रतिमूर्ति रु पाँच हजारदेखि रु १० हजारसम्ममा बिक्री हुन्छ । जसमध्ये ५० प्रतिशत फाइदा हुने उहाँको भनाइ छ ।
ग्राहकको मागअनुसार विभिन्न दररेटका मूर्ति बनाउने गरेको शाहले उल्लेख गर्नुभयो । “एउटा मूर्ति बनाउन झण्डै एक साता लाग्छ । तीन दशकदेखि मूर्तिकार पेसालाई अगाँल्दै आएको छु । विश्वकर्माको पूजा, छठ पर्व, वडादसैँलगायत चाडपर्वका लागि विभिन्न देवीदेवताका मूर्ति बनाएर बिक्री गर्दै आइरहेको छु”, उहाँले भन्नुभयो ।
मूर्ति निर्माणका लागि माटो, पराल, सुतली धागो, काठ, किला, कपास, बोरालगायत सामग्री प्रयोग हुने शाहले जानकारी दिनुभयो । लामो समयदेखि यही पेसाबाट छोराछोरीको शिक्षादिक्षासँगै आठ जनाको परिवारको जीविकोपार्जन भइरहेको उहाँले बताउनुभयो ।
स्थानीय सरकारले कला, संस्कृतिको संरक्षण, पुस्तान्तरणका लागि मूर्तिकारलाई आर्थिक सहयोग, सीपमूलक तालिमलगायतको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

  • सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ५ गते शनिबार

    २०८२ पुस ५ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution