Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाइने’

रासस २०५ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार (४ महिना अघि)
‘खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाइने’

काठमाडौँ, ४ भदौ
 खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान आवश्यकता भएको बताउनुभएको छ ।
आज नेपाल हाइड्रोजियोलोजिकल एसोसियशनद्वारा यहाँ आयोजित ‘प्रथम नेपाल जलभूगर्भ सम्मेलन’ को उद्घाटन कार्यक्रममा उहाँले कृषिमा भूमिगत सिँचाइको दिगो प्रयोगका लागि अध्ययन, अनुसन्धान वैज्ञानिक तथ्यमा आधारित भएर गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री यादवले भन्नुभयो, “राष्ट्रको समृद्धिका लागि भूमिगत जलको उपयोग, दिगो व्यवस्थापन, भूमिगत जलको प्रदूषणबाट सिर्जित विपद् न्यूनीकरण, वातावरण विनाश, जलवायु परिवर्तन तथा यसका असरहरू न्यूनीकरणका विषयमा केन्द्रित रही महत्त्वपूर्ण छलफल गरी प्रभावकारी योजना बनाउनु जरुरी छ ।”
नागरिकको पहिलो आवश्यकता खानेपानीको सहज आपूर्तिसँगै मुलुकको आर्थिक समृद्धिको मूल आधार मानिने भएकाले सोहीअनुसार काम अगाडि बढाउन आवश्यक रहेको मन्त्री यादवको भनाइ छ । उहाँले जलस्रोतको उपयोग, व्यवस्थापन र संरक्षणका सन्दर्भमा वैज्ञानिक दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिनुभयो ।
जलवायु परिवर्तनका गहिरिँदै गएका प्रभावहरू र अनियन्त्रित जनसङ्ख्या वृद्धिका कारण सतहमा रहेका जलस्रोतमा अत्यधिक चाप परेकाले यसको प्रत्यक्ष असर भूमिगत जलस्रोतको तीव्र दोहनका रूपमा देखिएको उहाँले उल्लेख गर्नुभयो । यसले दीर्घकालीन रूपमा गम्भीर समस्या उत्पन्न गर्नसक्नेतर्फ सबै सचेत हुनुपर्ने उहाँको भनाइ छ ।
मन्त्री यादवले नेपालका तराई क्षेत्रका लाखौँ नागरिकको जीवनमा भूमिगत जलको प्रत्यक्ष प्रभाव रहेको जनाउँदै यसको संरक्षणमा सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । “हामी प्रायः हिमालबाट बग्ने नदीनाला, तालतलैया र झरनाहरूको चर्चा गर्छौँ तर हाम्रो समृद्धिको एउटा ठूलो हिस्सा जमिनमुनि लुकेको भूमिगत जल हो”, उहाँले भन्नुभयो, “यो अदृश्य तर अमूल्य स्रोत हो, जुन कृषि, उद्योग र दैनिक जीवनका लागि अनिवार्य बनिसकेको छ ।”
मन्त्री यादवले यस सम्मेलनबाट प्राप्त हुने सुझाव तथा निष्कर्षहरू सङ्घीय र प्रदेश सरकारलाई उपलब्ध गराउनुपर्ने बताउँदै यसले खानेपानीको अभावले सङ्कटमा परेका क्षेत्रहरूको दीर्घकालीन समस्या समाधानमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “खानेपानीको दिगो समाधान र समग्र विकासमा योगदान पुग्ने उद्देश्यले आयोजित यस सम्मेलनको पूर्ण सफलता र महत्त्वपूर्ण निष्कर्षहरू प्राप्त होउन् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जलवायु परिर्वतनका कारण तराईमा चापाकल सुकेकाले खानेपानीको समस्याबाट पीडित भएका बताउनुभयो । मन्त्रालय र विभागले सहन्वय गरी तराई क्षेत्रमा तत्काल राहत दिनुका साथै दीर्घकालीन समाधानका लागि योजनाबद्ध काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामी अहिले देखिएका समस्या समाधानका लागि तत्काल राहत दिन प्रतिबद्ध छौँ र दिइरहेका छौँ । दीर्घकालीन रूपमा देशभर पानीको सन्तुलित वितरण र उपयोगका लागि ठोस नीति निर्माण र वैज्ञानिक अध्ययन आवश्यक छ ।”
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले भूमिगत जलस्रोतको संरक्षण, दीर्घकालीन उपयोग र जल सङ्कट समाधानको मार्गमा यस्ता सम्मेलनहरू महत्त्वपूर्ण मञ्च बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सम्बन्धित मन्त्रालय, विज्ञ र नीति निर्माता मिलेर वैज्ञानिक अनुसन्धानमा आधारित योजना अघि बढाए मात्र खानेपानीको दीर्घकालीन समाधान सम्भव देखिन्छ ।”
उक्त कार्यक्रममा नेपालका साथै विदेशबाट जल व्यवस्थापनसँग सम्बन्धित ख्याति प्राप्त विज्ञ, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालय, गैरसरकारी संस्था तथा सरोकार भएका संस्थाका प्रतिनिधिसहित करिब एक सय ५० भू–वैज्ञानिक, भूमिगत जल विज्ञ, इञ्जिनियर, वातावरण विज्ञलगायतको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

  • सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ५ गते शनिबार

    २०८२ पुस ५ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution