Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

परिणाम आउनेगरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

प्रत्यूष १०५ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र १, आईतबार (२ महिना अघि)
परिणाम आउनेगरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ, १ भदौ
 गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आमनागरिकलाई सुविधा हुनेगरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
आज मन्त्रालयमा आर्थिक वर्ष २०८२र८३ का लागि गृहसचिव एवं सङ्गठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उहाँले लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध नियन्त्रणमा उल्लेख्य काम भए पनि परिणाम आउन समय लाग्ने बताउनुभयो ।
“लागुऔषध, सडक दुर्घटना, साइबर अपराध, आत्महत्या यी विषय वर्तमान अवस्थाका नयाँ चुनौती हुन् । विशेष रूपमा काम भएको छ परिणाम आउन केही  समय लाग्छ”, उहाँले भन्नुभयो, “यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ ।” पश्चिम नेपालमा भूकम्प र सोबाट हुनसक्ने विस्तृत क्षति आँकलन गर्ने काम भइरहेको बताउँदै उहाँले चालु आवभित्र पुनःनिर्माण सक्नेगरी काम गर्न निर्देशन दिनुभयो ।
गृहमन्त्री लेखकले गत आवमा तोकिएको माइलस्टोनमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेकाप्रति बधाई एवं धन्यवाद ज्ञापन गर्नुभयो । “अहिलेको आवश्यकताअनुसार थप नयाँ काम के गर्न सकिन्छ, नीति, योजना तयार गरेर अघि बढ्नुस्”, उहाँले भन्नुभयो, “सीमित स्रोतसाधन, जनशक्ति र बजेटभित्र रहेर काम गर्नुपर्छ ।” कार्यसम्पादन सामूहिक काम भएको बताउँदै उहाँले जस÷अपजस सामूहिक रूपले लिनुपर्नेमा जोड दिनुभयो ।
मन्त्रालयको नेतृत्वमा आउँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधयेक अघि बढाइएको बताउँदै प्रतिनिधिसभामा केही प्रविधिक जटिलताका कारण रोकिएको गृहमन्त्री लेखकले बताउनुभयो । “पाइपलाइनमा रहेका कानुन÷विधयेक यो महिनाभित्र प्रतिनिधिसभामा दर्ता गर्ने  काम अगाडि बढाउनुस्”, उहाँले भन्नुभयो, “मन्त्रालयको नीतिगत र कानुनी सुधार हाम्रो प्राथमिकताको विषय हो, सोहीअनुसार काम अघि बढेको छ ।”
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

  • आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

  • पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution