Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

प्रत्यूष २३ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण ३०, शुक्रबार (४ घण्टा अघि)
नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

भक्तपुर, ३० साउन
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन देशभरका स्थानीय तहले आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्ने बताउनुभएको छ ।

भक्तपुरमा आज आयोजित चाँगुनारायण सिटी एभोकाडो अभियान समापन तथा अभियन्ता सम्मान कार्यक्रममा अध्यक्ष दाहालले चाँगुनारायणमा सञ्चालन भएको एभोकाडो अभियानबाट सबै स्थानीय तहले सिक्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष दाहालले भन्नुभयो, “चाँगुनारायणमा सञ्चालन गरेको एभोकाडो सिटी अभियानले प्राप्त गरेको सफलताबाट देशभरका सात सय ५३ स्थानीय तहले सिक्नुपर्छ । प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रको माटो सुहाउँदो कृषि, फलफूललगायतका कृषि उपज फलाउन सके देश कृषिमा आत्मनिर्भर हुन्छ ।”

राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने प्रक्रियाबाट मात्र देशलाई समृद्ध बनाउन सकिने उल्लेख गर्दै अध्यक्ष दाहालले मौलिक नमूनासहितको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र अपरिहार्य रहेको बताउनुभयो । पछिल्लो समय ‘देशमै केही गरौँ, देशमै आत्मनिर्भर बनौँ’ भनेर धेरै युवाहरुले समूहगत रुपमा काम गर्न थालेको बताउदै उहाँले भन्नुभयो, “विदेशीको नक्कल गर्ने प्रवृत्ति दुर्भाग्यपूर्ण छ, आफ्नै देशमा रोजगारी सिर्जना गर्नेतिर सबैले आ–आफ्नो ठाउँबाट पहल र प्रोत्साहित गर्नुपर्छ । सबै जुटे देश आत्मनिर्भर हुन समय लाग्दैन ।”

देशमा मौलिक अर्थतन्त्रको मोडल विकास गर्नुको साटो विदेश जाने र नक्कल गर्ने प्रचलन बढेकामा चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले नेपालको संस्कृति, भाषा एवं देशप्रति गर्व गर्ने मानसिकताको विकास हुन नसक्नु आजको चुनौती रहेको बताउनुभयो ।

देशभित्रै प्राकृतिक स्रोतसाधन, कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रमा अथाह सम्भावना रहेको औल्याँउदै उहाँले सकारात्मक सोचका साथ रचनात्मक काम अघि बढ्न सके देश विकास टाढा नभएको बताउनुभयो । देशमै रोजगार सिर्जना भई उत्पादकत्व वृद्धि हुने र विदेश जाने संस्कृतिलाई निरुत्साहित गर्नुपर्ने बताउँदै अध्यक्ष दाहालले नयाँ नेपाल निर्माणका लागि सबैले त्यसलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, चाँगुनारायण नगरपालिकाका पूर्व प्रमुख सोम मिश्र, सिटी एभोकाडो अभियानका अभियन्ता तथा माओवादी केन्द्रका नेता डिपी ढकाल, अभियानका चाँगुनारायाण संयोजक नरेश खड्कालगायतले एभोकाडो अभियानले ल्याएको सकारात्मक ऊर्जाबारे चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बनेपामा एक सय २३ वर्ष पूरानो ‘कन्या–पूजा’

    बनेपामा एक सय २३ वर्ष पूरानो ‘कन्या–पूजा’

  • शुक्लाफाँटामा  दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

    शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

  • भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

    भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

  • मानव–वन्यजन्तु द्वन्द्व घटाउन पोखरी निर्माण

    मानव–वन्यजन्तु द्वन्द्व घटाउन पोखरी निर्माण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २८ गते बुधबार

    २०८२ साउन २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

    नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

    बनेपामा एक सय २३ वर्ष पूरानो ‘कन्या–पूजा’

    बनेपामा एक सय २३ वर्ष पूरानो ‘कन्या–पूजा’

    शुक्लाफाँटामा  दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

    शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

    भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

    भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution