Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मरिचखेती प्रवर्द्धन गर्दै पोखरा महानगर

रासस १७४ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण २७, मंगलबार (४ महिना अघि)
मरिचखेती प्रवर्द्धन गर्दै पोखरा महानगर

गण्डकी, २७ साउन
 देशभर नै बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या बढ्दो छ । बाँदरको समस्या समाधान र विकल्प खोजी भइरहँदा पोखरा महानगरले भने वडा नं २८ मा बाँदरले दुःख नदिने तर उत्पादनले उचित मूल्य पाउने मरिच खेती प्रवर्द्धन गर्ने भएको छ ।
महानगरपालिकाले यसै वर्ष ४०० मरिचका बिरुवा वितरण गरेको महानगरका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो । बाँदरको प्रकोप नहुने र असिना आदि समस्या पनि नहुने भएकाले वडा कार्यालयसँग समन्वय गरी मरिचका बिरुवा वितरण गरेको उहाँले बताउनुुभयो ।
सो वडामा स्याङखुदी टारीका अगुवा कृषक सूर्यमोहन बास्तोलाले मरिच खेतीबाट राम्रो आम्दानी गर्नुभएको छ । सोही खेतीलाई दृष्टिगत गरी वडामा मरिच खेती प्रवर्द्धन र विस्तार गर्न लागिएको हो । बास्तोलाले घर वरपरका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका एक सय बढी हरिया रूखका फेदमा लगाएको मरिचले उत्पादन दिन थालेपछि महानगरपालिका पनि मरिच खेतीको प्रवर्द्धनमा जुटेको हो ।
बजारमा मरिच कालो सुनका रुपमा समेत परिचित छ । प्रतिकिलो रु दुई हजार पर्ने यो मसलाजन्य बाली बास्तोलाले २०४६ सालदेखि लगाउन थाल्नुभएको हो । आफूले २०४६ सालमा लेखनाथको भण्डारढिकस्थित पण्डित सोमनाथ आत्रेयसँग १०÷१० रुपैयाँका दरले दुईवटा मरिचका बिरुवा किनेर ल्याएको अनुभव सुनाउनुभयो ।
बास्तोलाले हाल वार्षिक ६० देखि ७० किलोग्राम मरिच उत्पादनसँगै नर्सरी तयार गरी बिरुवा बिक्री गर्दै आउनुभएको छ । उहाँका अनुसार प्रत्येक वर्ष असारमा फल्न सुरु भई चैतमा मरिचका दाना टिप्न सकिन्छ । उहाँले एउटा बिरुवा १५० रुपैयाँदेखि २०० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताउनुुभयो । उहाँको फार्मबाट पुरनचौर क्षेत्रमा ४०० मरिचका बिरुवा रोप्न लगेको र माछापुच्छ«े गाउँपालिकामा ४०० बिरुवा लैजाने तयारी रहेको जानकारी दिनुभयो ।
“मैले दुईवटा बिरुवाबाट मरिचखेती सुरु गरेको थिएँ,  यतिखेर राम्रो उत्पादन त छँदै छ नर्सरीमा एक हजार ५०० बिरुवा बिक्रीका लागि तयार छन्”, उहाँले भन्नुुभयो ।   बाँदरले पनि नखाने र कुनै किराको प्रकोप मरिचखेतीमा नहुने भएकाले मनग्गे आम्दानी लिन सकिने उहाँको भनाइ छ ।
उहाँको मरिचखेती गत वैशाखमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवलोकन गर्नुभएको थियो । अवलोकनसँगै महानगरप्रमुख आचार्यले मरिचखेतीको विस्तारमा जोड दिँदै कृषकलाई बिरुवा वितरण सुरु गर्नुभएको हो । मरिचखेतीबाट सामान्य लगानीमा अधिकतकम फाइदा लिन सकिने महानगरपालिकाका कृषि विकास शाखाप्रमुख कडरिया बताउनुहुन्छ ।
सामान्यतः एक हजारदेखि एक हजार २०० मिटरको उचाइमा मरिचखेती हुने बताउँदै उहाँले सामान्यतः ओसिलो ठाउँमा यसको उत्पादन हुने जानकारी दिनुुभयो । बहुवर्षे सदाबहार मरिच लहरे बाली हो ।
भियतनाम, भारत, ब्राजिल, मलेसिया, इन्डोनेसिया, चीन र श्रीलङ्कामा यसको व्यावसायिक खेती हुने गरेको छ । नेपालमा मोरङ, सुनसरी, झापा, रामेछाप, लमजुङलगायतका जिल्लाहरुमा मरिचखेती हुने गरेको छ । मरिचको प्रयोग मसला र आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिन्छ । खाना पचाउने, भोक लाग्ने, खोकीको उपचार, श्वासप्रश्वास र मुटु रोगका लागि पनि मरिच प्रयोग गरिन्छ ।
वडामा कृषितर्फ आकर्षण बढाउन निरन्तर पहल भइरहेको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिनुुभयो । वडाभित्र व्यावसायिक पशुपालनलाई पनि जोड दिइएको छ । उहाँले वडाबाटै वार्षिक रु एक करोड ३० लाखको दूध बिक्री हुने गरेको बताउनुभयो ।
मरिचखेती विस्तारसँगै मसलाजन्य बाली उत्पादनमा जोड दिने लक्ष्य राखिएको बताउँदै उहाँले कृषिजन्य उत्पादनमा आत्मनिर्भरता बढाउँदै यसबाट स्थानीयवासीको आयआर्जन बढाउने लक्ष्य राखिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

  • सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

  • प्रत्यूष ई-पेपर थप

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution