Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति

रासस २६ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण २६, सोमबार (४ घण्टा अघि)
वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति

मनाङ, २६ साउन
 हिमाली जिल्ला मनाङमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति बढ्दै गएको छ । वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०८१र८२ मा ८७ पशुधनमा क्षति भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ कार्यालय ९एक्याप० ले जनाएको छ ।
यसवर्ष वन्यजन्तुको आक्रमणबाट याकचौरी ५८, बाख्रा, खसी र च्याङ्ग्रा २२, घोडा एक र गाई, गोरु छ गरी ८७ पशुचौपायको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ कार्यालय ९एक्याप० का प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँ चितुवा, चितुवा र भालुलगायत जङ्गली जनावरको आक्रमणबाट यहाँका किसानले पशुधनमा क्षति व्यहोर्नुपरेको छ ।
गतवर्षको तुलनामा यसवर्ष वन्यजन्तुको आक्रमणबाट याकचौरी बढी मरेका छन् । गत आर्थिक वर्ष २०८०र८१ मा याकचौरी १७, बाख्रा, खसी र च्याङ्ग्रा ३७ र घोडा एक मरेका प्रमुख भुजेलले बताउनुभयो । आहारको अभावले वन्यजन्तुले घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मांसाहारी वन्यजन्तुको आहार वनजङ्गलमा पाउन मुस्किल भएपछि घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको हो ।”
याकचौरी खुला आकाशमा पाल्ने प्रचलन छ । एकै किसानले धेरै सङ्ख्यामा याकचौरी पालन गर्छन् । जसले गर्दा जोगाउन मुस्किल हुने गरेको छ । उहाँले भन्नुभयो, “याकचौरीका बाच्छाबाच्छीको सुरक्षाका लागि अहिले भने तारबार लगाएर सुरक्षित बनाइन्छ । तर, ठूला भएका याकचौरी खुला चौरमा नै राख्ने गरिन्छ । जसले गर्दा वन्यजन्तुको आक्रमणमा पर्ने गरेको अध्ययनले देखाउँछ ।”
साना चौरी भाग्न सक्दैनन् । जसले गर्दा बढी आक्रमणमा पर्ने गरेका छन् । तर, ठूला याकचौरी भाग्ने गर्दछन् र आक्रमणमा पर्दैनन् । विगतमा चरण क्षेत्र ९खर्क० मावन बस्ती नजिकै हुने र अहिले तापक्रम वृद्धि हुँदै गएपछि खर्कमाथि सर्दै जाँदा वन्यजन्तुको आक्रमण बढ्दै गएको प्रमुख भुजेलको अनुमान छ ।
उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रको खर्कमा परेको छ । यसको प्रभावले तापक्रम वृद्धि भई खर्क माथि सर्दै गएको छ । खर्क माथि सरेर पशुको चरण क्षेत्र वनजङ्गलको नजिक हुँदा वन्यजन्तुको आक्रमणमा पर्ने सम्भाव्यता बढेको छ ।” पानीको मुहान भएका क्षेत्रमा घाँसे मैदान ९खर्क० हुने भएकाले वन्यजन्तुको आक्रमणको जोखिम कम हुने गरेकामा अहिले परिवर्तन भएको पाइन्छ ।
पशुपालक किसान एवं याकचौरी कृषक महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थाकालीले भन्नुभयो, “विगतमा वन्यजन्तुको आक्रमण हुन्थ्यो । तर, कम हुने गर्दथ्यो । अहिले बढ्दै गएको छ ।” पहिला पशु मरे भने क्षतिपूर्ति पाउने प्रावधान थिएन । जसले किसान मर्कामा पर्ने गरेका उहाँले बताउनुभयो । पशुधनमा क्षति भए सरकारले किसानलाई प्रोत्साहन र सहयोग पु¥याउने उद्देश्यले क्षतिपूर्तिको व्यावस्था गरेको छ ।
जसले पशुपालक किसानलाई राहत महसुस भएको अध्यक्ष थकालीको भनाइ छ । पानीका मुहान सुक्ने र समयमा हिमपात नहुँदा तल्लो क्षेत्रमा घाँसेमैदान हराउँदै गएकाले जङ्गल क्षेत्रमै चरण क्षेत्र बन्ने गरेको छ । जसले गर्दा वन्यजन्तुको आक्रमण बढ्दै गएको आँकलन गर्न सकिने एक्यापले जनाएको छ । पानीको अभावले घाँसेमैदानको ठाउँ नै फेरिदा यहाँका पशुपालक किसानलाई समस्या हुनुका साथै जोखिममा पर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कोरियाली भोजनालय स्थापनार्थ उद्यमशीलता तालिम सम्पन्न

    कोरियाली भोजनालय स्थापनार्थ उद्यमशीलता तालिम सम्पन्न

  • चिनियाँ सहयोगमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम

    चिनियाँ सहयोगमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम

  • तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

    तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

  • भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

    भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २६ गते सोमबार

    २०८२ साउन २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोरियाली भोजनालय स्थापनार्थ उद्यमशीलता तालिम सम्पन्न

    कोरियाली भोजनालय स्थापनार्थ उद्यमशीलता तालिम सम्पन्न

    वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति

    वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति

    चिनियाँ सहयोगमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम

    चिनियाँ सहयोगमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम

    तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

    तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution