Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र ३१, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

प्रत्यूष ७० पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण १२, सोमबार (१ महिना अघि)
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

वीरगञ्ज (पर्सा),१२ साउन
वीरगञ्ज महानगरसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएसँगै नेपाली सेनाको श्रीजङ्ग गणले दैनिक औषतमा एक लाख लिटर खानेपानी ट्याङ्करमार्फत वितरण गर्दै आइरहेको छ ।

मधेश प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको छ । श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले दैनिक छ ट्याङ्करमार्फत औषतमा एक लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको जानकारी दिनुभयो ।

‘‘पानीको चर्को अभाव भोगेका सर्वसाधारणलाई लक्षित गरेर दिनको तीनपटक ट्याङ्करबाट पानी वितरण गर्दै आइरहेका छौँं,’’ उहाँले भन्नुभयो,‘‘महानगरका विभिन्न वडा र पर्साका अन्य पालिकामा पनि पानी वितरणको काम भइरहेको छ ।’’

वीरगञ्ज महानगरसहित आसपासका पालिकामा देखिएको खानेपानीको अभाव र सङ्कटलाई न्यूनीकरण गर्न मधेश प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्ज र नेपाली सेनाको समन्वयमा आवश्यकता अनुसार ट्याङ्करबाट पानी वितरण गर्दै हुँदै आइरहेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पानीको चर्को अभाव झेलेका सर्वसाधारणलाई ट्याङ्करबाट वितरण गरेको पानीले धेरै हदसम्म राहतको महसुस गरेको बताउनुभयो ।‘‘वीरगञ्ज महानगरका विभिन्न वडाबाट सर्वसाधारणले पानीको अभाव भयो भन्दै दिनरात नभनिकन फोन गर्नुहुन्छ । हामीले आवश्यकताको आधारमा ट्याङ्करबाट पानी वितरण गर्दै आइरहेका छौंँ ।’’

गत साउन १ गतेदेखि नै यहाँ खानेपानी ट्याङ्करमार्फत वितरण हुँदै आइरहेको छ । जिल्ला प्रशासन कार्यालयले गत साउन ५ गतेदेखि भने खानेपानीको अभाव भएका ठाउँमा तालिका नै बनाएर खानेपानी वितरण गर्दै आइरहेको छ ।

नेपाली सेनाले वीरगञ्ज महानगर–१ छपकैया, वीरगञ्ज महानगर १ गायत्री टोल, शिक्षा कार्यालय पछाडी, वीरगञ्ज महानगर वडा नं ११ राधेमाई, श्रीपुर, वीरगञ्ज महानगर १४ बहुअरीचोक, वीरगञ्ज महानगर १५ भिष्वा, राधेराधे कलोनी, वीरगञ्ज महानगर २४ रामगढवा, महानगर २६ सुगौली विर्ता, हुसनजहान चोक लगायतका स्थानमा बिहान ७ बजे, दिउँसो २ बजे र साँझ ६ बजे तीन पटक ट्याङ्करबाट पानी वितरण हुँदै आइरहेको छ ।

त्यस्तै गरी पर्साको बहुदरमाई नगरपालिका–१ विश्रामपुर, दक्षिणटोल पनि दिनको दुई पटक १० बजे र दिउँसो ४ बजे ट्याङ्करबाट खानेपानी वितरण हुँदै आइरहेको छ । पर्साका प्रजिअ अर्यालले खानेपानीको समस्या न्यूनीकरण नहुँदासम्म ट्याङ्करबाट खानेपानी वितरण कार्य जारी रहने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

  • सुनको मूल्य तोलाको दुई लाख १७ हजार

    सुनको मूल्य तोलाको दुई लाख १७ हजार

  • दसैँसम्म मितेरी पुल निर्माण हुने

    दसैँसम्म मितेरी पुल निर्माण हुने

  • ‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

    ‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ३० गते सोमबार

    २०८२ भाद्र ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सुनको मूल्य तोलाको दुई लाख १७ हजार

    सुनको मूल्य तोलाको दुई लाख १७ हजार

    दसैँसम्म मितेरी पुल निर्माण हुने

    दसैँसम्म मितेरी पुल निर्माण हुने

    ‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

    ‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution