Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र ३१, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बाँझो जग्गामा व्यावसायिक फूलखेती गर्दै विदुर नगरपालिका

प्रत्यूष १२२ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण १०, शनिबार (१ महिना अघि)
बाँझो जग्गामा व्यावसायिक फूलखेती गर्दै विदुर नगरपालिका

त्रिशूली (नुवाकोट), १० साउन
विदुर नगरपालिकाको आफ्नो बाँझो रहेको छ रोपनी जग्गामा व्यावसायिक फूलखेती सुरू गरेको छ । विदुर–९ स्थित वडा कार्यालय परिसरमा रहेको खाली जग्गामा नगरपालिकाले सयपत्री र मखमली जातका नौ हजार बिरुवा रोप्न सुरू गरेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार अहिले रोप्न थालेको बिरुवाको उत्पादन आगामी तिहार पर्वका लागि तयार हुनेछ ।

“नगरपालिकाले बाँझो जग्गाको सदुपयोग, फूल बिक्रीबाट आम्दानीको स्रोत वृद्धि र स्थानीय नगरवासीलाई व्यावसायिक फूलखेतीप्रति आकर्षण बढाउन वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत पुष्पखेतीको प्रवद्र्धन गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “गत वर्ष परीक्षणको रुपमा गरेको खेतीले सफलता पाएसँगै यो वर्ष बाह्रै महिना फूल उत्पादन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।”

फूलखेतीका लागि आधुनिक यान्त्रिकीकरणको सहायताले ड्याङ ९ठाउँ० तयार पारिएको छ । छ रोपनी जग्गामा ‘मल्चिङ’ प्रविधिमा आधारित सयपत्री र मखमली जातका नौ हजारभन्दा बढी फूलका बिरुवा रोप्न सुरू गरिएको कृषि शाखाका अधिकृत सविना बोगटीले जानकारी दिनुभयो । बिरुवा अन्यत्रबाट खरिद गरेर ल्याइएको छ । रोप्नका लागि नगरपालिकाको जनप्रतिनिधि र कर्मचारी खटिएका छन् ।

यान्त्रिकीकरणको प्रयोगले कम लागतमा रोप्ने ठाउँ तयार गरिएको छ भने मल्चिङ प्रविधिमा खेती गर्दा आम्दानी धेरै लिन सकिने उहाँको भनाइ छ । नगरपालिकाले गत वर्ष वडा नं ५ र वडा नं ९ मा परीक्षणका रुपमा लगाएको फूलखेतीमा सफलता पाएसँगै यो वर्ष बाँझो एवं प्रयोगविहीन अवस्थामा रहेका आफ्नो जग्गामा खेती गरेर आम्दानीको स्रोत बढाउन र स्थानीय किसानलाई प्रोत्साहन जगाउन सहयोग पुग्ने लक्ष्य लिएको छ । सोही अभियानअन्तर्गत वडा नं ५ को कार्यालय पनि फूलबाट लाभ लिन व्यावसायिक खेती सुरू गरेको वडाध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँको अनुसार वडा नं ५ ले कार्यालय परिसरमा रहेका बाँझो एवं खाली जग्गामा यो वर्षदेखि व्यावसायिक फूलखेती सुरू गरेको हो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

  • सुनको मूल्य तोलाको दुई लाख १७ हजार

    सुनको मूल्य तोलाको दुई लाख १७ हजार

  • दसैँसम्म मितेरी पुल निर्माण हुने

    दसैँसम्म मितेरी पुल निर्माण हुने

  • ‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

    ‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ३० गते सोमबार

    २०८२ भाद्र ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सुनको मूल्य तोलाको दुई लाख १७ हजार

    सुनको मूल्य तोलाको दुई लाख १७ हजार

    दसैँसम्म मितेरी पुल निर्माण हुने

    दसैँसम्म मितेरी पुल निर्माण हुने

    ‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

    ‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution