Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

तराई–मधेसको खानेपानी समस्या समाधान गर्न जनशक्ति परिचालन गर्न निर्देशन

रासस १०३ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण ८, बिहिबार (१ महिना अघि)
तराई–मधेसको खानेपानी समस्या समाधान गर्न जनशक्ति परिचालन गर्न निर्देशन

काठमाडौँ, ८ साउन
 खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसमा उत्पन्न भएको खानेपानी समस्या समाधानका लागि आवश्यक जनशक्ति परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आयोजित उच्च व्यवस्थापन टिम ९एसएमटी० बैठकमा मन्त्री यादवले तराई–मधेससहित विशेषगरी बारा र पर्सामा उत्पन्न खानेपानी समस्याको तत्काल समाधानका लागि सम्बन्धित एवं मातहत निकायका प्रमुखलाई आवश्यक जनशक्ति परिचालन गर्न निर्देशन दिनुभएको हो ।
उहाँले भन्नुभयो, “विशेषगरी तराई–मधेस क्षेत्रका आठ जिल्लामा देखिएको खानेपानी समस्यालाई समाधान गर्न हाम्रो सम्पूर्ण जनशक्ति परिचालन गरौँ, हाम्रो टिम र जनशक्ति खटिए त्यहाँको खानेपानीको समस्या समाधान गर्न सकिने छ ।”
यसैगरी मन्त्री यादवले जलवायु परिवर्तनका कारण गहिरिँदै गएको तराई–मधेस क्षेत्रको खानेपानी सङ्कटलाई मध्यनजर गर्दै समाधानका लागि दातृ निकाय, अन्तरराष्ट्रिय संघ संस्था तथा छिमेकी मुलुकसँग आवश्यक सहयोगका लागि पत्राचार गर्नसमेत निर्देशन दिनुभएको छ ।
आजको बैठकबाट विपद् व्यवस्थापनका लागि बजेट सुनिश्चितता, विनियोजित बजेटको लचिलो प्रयोगका लागि सहमति, खानेपानी आपूर्तिको व्यवस्थापका लागि सहजीकरण गर्न टोली खटाउने, अन्तरराष्ट्रिय सहयोगका लागि पहल गर्ने लगायतका निर्णय गरिएको मन्त्रालयका सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत तराई–मधेशको सुक्खा क्षेत्रमा तत्काल खानेपानी आपूर्तिको व्यवस्थापका लागि सहजीकरण गर्न टोली खटाउने, पानीको सदुपयोग र सुरक्षित पानी प्रयोग गर्न जनचेतना मुलक कार्यक्रम दातृ निकाय तथा जिल्ला प्रशासन कार्यालयको सहकार्यमा सञ्चालन गर्ने, मधेश प्रदेशका आठ जिल्लामा फिल्ड स्तरको टोली गठन गर्ने, एक जिल्ला एक टोली तथा टोलीमा एक जना सिनियर डिभिजनल इञ्जिनियर र एक जना इञ्जिनियर रहने गरी विभागवाट आवश्यक जनशक्ति तत्काल खटाउने निर्णय गरिएको छ ।
त्यसैगरी जिल्लामा खटिने टोलीले स्थलगत अध्ययन, प्राथमिकता पहिचान र शीघ्र खानेपानी समस्या समाधानको प्रस्ताव पेस गर्न जिम्मेवारी तोक्ने, टोलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला समवन्वय समिति र स्थानीय तहसँग समन्वय गरेर कार्य गर्ने, केन्द्रीय स्तरको सिँचाइको सहसचिवको नेतृत्वको समितिसँग र विभागले खटाएको समितिसँग समन्वय गर्ने निर्णय गरेको छ ।
बैठकले पानीको सङ्कटग्रस्त जिल्लामा तात्काल खानेपानी आपूर्ति सुनिश्चित गर्न अर्थ मन्त्रालयमार्फत मित्र राष्ट्र एवं दातृ निकायसँग ट्याङ्कर, बोरिङ सेटअप, प्याकेज्ड वाटर वितरण लगायतका सम्भावित सहयोगका क्षेत्रमा राहत कार्यक्रम सञ्चालन गर्न सहकार्यका लागि अनुरोध गर्ने निर्णयसमेत गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालय र मातहतका निकायमा विभिन्न शीर्षकमा विनियोजित बजेट विपद् सङ्कटग्रस्त क्षेत्र घोषित जिल्लामा अत्यावश्यक खानेपानीको अल्पकालिन व्यवस्थापनका लागि तत्काल खर्च गर्न अर्थ मन्त्रालयसँग सहमति माग गर्ने निर्णय गरिएको सचिव इ बज्राचार्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

  • धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

  • ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

  • सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ३१ गते मंगलबार

    २०८२ भाद्र ३१ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    ‘चाडपर्व छोडेर काम खोज्न भारत’

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution