Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पर्यटक तान्दै चौरीखर्क

रासस २३६ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण ७, बुधबार (३ महिना अघि)
पर्यटक तान्दै चौरीखर्क

ढोरपाटन (बागलुङ), ७ साउन
  रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने बादल, त्यसमाथि सिरसिर चल्ने हावा पर्यटकलाई चौकीखर्कसम्म तान्न पर्याप्त छन् । स्थानीयहरु यो ठाउँलाई चुङ्री भन्छन् । यही चुङ्री केही समययता प्रकृतिप्रेमीका लागि गन्तव्य बन्दै गएको छ ।
हरिया डाँडामा सुस्ताउँदै प्राकृतिक सुन्दरतामै झुम्न रमाउनेका लागि यो अनुपम थलो हो भन्दा फरक पर्दैन । उत्तरतर्फ फैलिएका हिमशृङ्खला र भेडीगोट पर्यटकका लागि भुल्ने बाहना बनिदिन्छन् । बागलुङ र पूर्वीरुकुमको सीमा क्षेत्रका गोठला र भेडा डुल्ने समुन्द्री सतहदेखि करिब चार हजार मिटरको उचाइको चौकीखर्क गत वर्षसम्म धेरैका लागि अपरिचित जस्तै थियो । तर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थालेपछि बाहिरी मानिसका लागि यो परिचित बन्दै गएको छ ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत दुई जिल्लाको सिमाना पातीहाल्नेदेखि सहज रुपमा चौरीलेकमा पुग्न सकिने हुँदा पछिल्लो समय दैनिक पर्यटक आउने गरेका छन् ।
लेकाली हावापानी र पोषिलो घाँस पाइने हुँदा वर्षौँदेखि बागलुङ, पूर्वीरुकुम, रोल्पा र म्याग्दीका गोठालाहरु वर्खाको समयमा यहाँ आउने गर्छन् । पातीहाल्नेदेखि करिब आधा घण्टा गाडीको यात्रा र साढे दुई घण्टा पैदल यात्रापछि चौकीखर्क लेकमा पुग्न सकिन्छ । दुई जिल्लाको सङ्गमस्थलका रुपमा रहेको चौरीखर्कमा पर्यटकको चहलपहल हुन थालेपछि गोठालाहरु अहिले दङ्ग छन् । पहिले सुनसान हुने उक्त ठाउँमा अहिले डाँडैभरी पर्यटक भरिने गरेको बागलुङको निसीखोला गाउँपालिका–६ का गोठाला भागविर घर्ती मगरले बताउनुभयो ।
“गत वर्ष भदौमा हो जस्तो लाग्छ १२र१५ जनाको टोली चौरीखर्कमा आएको थियो, त्यसपछिका दिनमा यहाँ आउनेहरु बढ्दै गरेको देखिन्छ”, उहाँले भन्नुभयो । आफू जेठको अन्तिम साता गोठ लिएर चौरीखर्क आएको भन्दै असारमै महिनामै सयौँ पर्यटक लेकमा आइसकेको घर्ती मगरले बताउनुभयो ।
“यो लेक त गोठालाका लागि प्यारो थियो, तर अहिले त घुम्न आउने मान्छेहरुलाई पनि राम्रो लाग्न थालेछ, कोही बिहान आएर साँझ फर्किन्छन् त कोही एकरदुई दिन टेण्ट टाँगेरै बस्छन्”, घर्ती मगरले भन्नुभयो, “अहिले दैनिक एक सय मान्छे आउने गरेका छन्, बिदा हुँदा त यहाँको डाँडाहरु सबै मान्छेले भरिन्छन्, उनीहरुले भेडाका बथान, फूल, गोठ र हामी गोठलाहरुसँग फोटो खिच्न रुचाउँदा रैछन् ।”
पर्यटकलाई लक्षित गरी यहाँ अघिल्लो वर्ष पदमार्ग निर्माण भएको छ । वर्खाको समयमा चारैतिर हरियाली देखिने, वनफूल फूल्ने र भेडीगोठ भेटिने हुँदा पर्यटक बढ्न थालेको पूर्वीरुकुमको भूमे गाउँपालिका–१ गोठाला नमसिंह गुरुङले बताउनुभयो ।
पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख टङ्कनाथ खनालले अघिल्लो वर्ष रु १० लाखमा रुकुमपूर्वको रानीबास–पाइपा हुँदै चौरीखर्क जोड्ने गरी करिब पाँच किलोमिटर पदमार्ग निर्माण गरेको बताउनुभयो । यसवर्ष पनि पदमार्गसहित थप पूर्वधार निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले रु २५ लाख विनियोजन गरेको उहाँको भनाइ छ ।
प्रमुख खनालले भन्नुभयो, “गत वर्षदेखि यहाँ आउने पर्यटक बढेका छन्, यस क्षेत्रलाई प्रवर्द्धन गर्न लम्बिनी प्रदेश सरकारले पनि ध्यान दिएको छ, अघिल्लो वर्ष कोइपामा जलाकी निर्माण भएको छ, त्योसँगै पदमार्ग पनि बनेको छ, यसको प्रचारप्रसार गर्ने, पूर्वाधार थप्ने र चौरीखर्कलाई उत्कृष्ट गन्तव्य बनाउने गरी काम भइरहेको छ ।”
तुल्सीपुर दाङबाट घुम्न आउनुभएका पारस न्यौपानेले चौरीखर्क लेक निकै मनमोह रहेको प्रतिक्रिया दिनुभयो । दाङबाट बुटवल, गुल्मी, बागलुङको बुर्तिवाङ र निसीखोला हुँदै यहाँ आएको उहाँको भनाइ छ । यो याममा दाङमा निकै गर्मी रहेको भन्दै चौरीलेक आएपछि निकै आनन्द आएको न्यौपानेले अनुभव सुनाउनुभयो । सरकारले पातीहाल्नेदेखि चौरीलेकसम्म पुग्ने विभिन्न ठाउँमा ठाउँ चिनाउने बोर्ड र ठाउँठाउँमा विश्रामस्थल बनाउन सके पर्यटकलाई सहज हुने उहाँको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

  • पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

  • बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution