Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने नीति जरुरी छ : अध्यक्ष दाहाल

रासस १७० पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार (३ महिना अघि)
युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने नीति जरुरी छ : अध्यक्ष दाहाल

काठमाडौँ, ५ साउन
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली युवा पुस्तालाई कृषि क्षेत्रमा ल्यााउन राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित ‘प्रथम यः वा किसान मञ्चः युवा किसान व्याम्प तथा कृषि ओलम्पिक’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कृषिमा युवाको आकर्षण बढाउन सरकारले विभिन्न प्याकेजको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि क्षेत्रको विकास गरी आत्मनिर्भर बन्न शिक्षित, प्रविधिमैत्री र सचेत युवाहरूको कृषि कर्ममा सक्रिय सहभागिता अहिलेको आवश्यकता अनिवार्य भइसकेको बताउनुभयो ।

“देशको समृद्धिको आधार कृषि हो भने किसान समृद्धिका आधारशिला हुन्”, अध्यक्ष दाहालले भन्नुभयो, “तर, आजसम्म पनि वास्तविक किसानहरूसँग जमिन नहुनु, सिँचाइ अभाव, मल, बीउ, बजारीकरण र न्यूनतम समर्थन मूल्यका चुनौती र समस्माहरू उस्तै छन् ।”

संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको मार्ग निर्देश गरेको भए पनि त्यससको मूल आधारका रूपमा रहेका किसानको जीवनमा राज्यले पर्याप्त ध्यान दिन नसकेको अध्यक्ष दाहालले टिप्पणी गर्नुभयो । उहाँले कृषि क्षेत्रमा सामाजिक न्यायसहितको क्रान्तिको आवश्यकता औँल्याउँदै किसानलाई जमिनको स्वामित्व दिनुपर्ने, खाद्य सम्प्रभुता कायम गर्नुपर्ने र किसानका संवैधानिक हकहरू व्यवहारमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले विगतका जनआन्दोलन, किसान आन्दोलन, जातीय, लैङ्गिक र वर्गीय सङ्घर्षको फलस्वरूप प्राप्त संविधानमा उल्लेख गरिएका अधिकारहरूको व्यावहारिक कार्यान्वयन जरूरी भएको बताउनुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन”, अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो, “युवाहरूको सक्रियता र नेतृतविना कृषिको रूपान्तरण सम्भव छैन ।”

कृषि क्षेत्रमा विद्यमान समस्या र चुनौतीहरू उल्लेख गर्दै अध्यक्ष दाहालले सरकारले गर्नुपर्ने ठोस पहलका १३ वटा बुँदागत सुझाव प्रस्तुत गर्नुभयो । जसमा भूमि ऐनलगायत आवश्यक कानुन निर्माण, मल–बीउको सहज आपूर्ति, कृषकका उत्पादनको बजार ग्झारेन्ट्री, रैथाने बालीको प्रवर्द्धन, विषादी नियन्त्रण, किसानलाई सहुलियत ऋण तथा अनुदानमा पहुँच, जलवायु परिवर्तनको असर न्यूनीकरणलगायत विषय समावेश छन् ।

कार्यक्रममा अध्यक्ष दाहालले कृषिमा आधारित नवप्रवर्तन, कृत्रिम बौद्धिकता र सूचना प्रविधिको उपयोगमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउँदै कृषि क्षेत्रलाई रोजगार सिर्जनाको प्रमुख स्रोत बनाउने खालको योजना आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रमको आयोजना राष्ट्रिय किसान सञ्जाल नेपाल र राष्ट्रिय कार्यान्वयन समितिले गरेका थिए । कार्यक्रममा देशभरिका एक सय बढी युवा किसानहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक नहेन्द्र खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

  • पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

  • बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution