भक्तपुर, २५ असारः बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन (उपकरण) जडान गरेको छ ।
मिर्गौलाका बिरामीलाई डायलासिस सेवा लिन सरकारी अस्पतालमा चाप बढेसँगै एक पटकको रु दुई हजार ५०० तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई कम गर्न मन्त्रालयले मातहतका प्रादेशिक अस्पतालमा डायलासिस मेसिन जडान गरेको प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रालयले भक्तपुर अस्पतालमा पाँच वटा मेसिन ल्याएर जडान गरेको छ । मन्त्रालयले धादिङ अस्पतालमा दुई, सिन्धुली अस्पतालमा दुई, त्रिशूली अस्पतालमा दुई, बकुलहर रत्ननगर अस्पतालमा दुई र हेटौँडा अस्पतालमा तीन वटा डायलासिस मेसिन जडान गरेको मन्त्री थापाले जानकारी दिनुभयो ।
डायलासिस मेसिन जडानसँगै अस्पतालले मिर्गौलाका बिरामीलाई सहज रूपमा सेवा प्रवाह गर्ने बताउँदै उहाँले बिरामीले नजिकको अस्पतालबाट सेवा प्राप्त गर्नसक्ने उल्लेख गर्नुभयो । मन्त्री थापाले प्रादेशिक अस्पतालमा आगामी दिनमा उपकरण थप गर्दै लैजाने जानकारी दिनुभयो ।
भक्तपुर अस्पतालका कार्यकारी निर्देशन डा सुरेन्द्र भट्टले उपकरण प्राप्त भएसँगै अस्पतालले तत्काल पाँच शय्याको डायलासिस सेवा सुरु गर्ने जानकारी दिनुभयो
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |