Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रक्तदाता बढाउन रक्तदान महोत्सव

२५२ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ ३१, शनिबार (४ महिना अघि)
Post Thumbnail

चितवन, ३१ जेठः उपचारका लागि रगतको अभाव भएपछि ब्लड डोनर्स सोसाइटी चितवनले आज यहाँ रक्तदान महोत्सव गरेको छ । विश्व रक्तदाता दिवस २०२५ का अवसरमा उद्योग सङ्घको प्रदशनी केन्द्रमा रक्तदान महोत्सव आयोजना गरिएको हो ।

महोत्सवको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक समारोहबीच उद्घाटन गर्नुभयो । उहाँले अस्पतालको केन्द्र बन्दै गरेको चितवनमा आयोजित महोत्सवले रगतको अभाव हुने समस्या समाधान गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख दाहालले भन्नुभयो, “मानव जीवनको महत्वपूर्ण काम रक्तदान पनि हो, जसले कसेको ज्यान बच्न सक्छ, रक्तदातालाई प्रोत्साहन गर्न आवश्यक छ ।”

जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले नयाँ रक्तदाता खोजेर रक्तदानमा उत्प्रेरित गर्नुपर्ने बताउनुभयो । समाजमा युवालाई रक्तदान गर्दा शरीरमा हानी हुँदैन भन्ने ज्ञान दिन जरुरी रहेको उहाँको भनाइ छ । सोसाइटी चितवनका अध्यक्ष एकराज पाठक, सोसाइटीका रत्ननगर नगरपालिका अध्यक्ष रमेश नेपाललगायतले रक्तदानबारे चर्चा गर्नुभएको थियो ।

महोत्सवमार्फत ७५ प्रतिशत नयाँ रक्तदाता ल्याउने अपेक्षा लिइएको सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीले बताउनुभयो । उहाँले ‘एक घर, एक रक्तदाता’ अभियान सञ्चालन गरी रक्तदाता बढाउने काम भइरहेको समेत उल्लेख गर्नुभयो ।

एक दिनमा एक हजार ५०० युनिटभन्दा बढी रगत सङ्कलन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको जनाइएको छ । त्यस अवसरमा १०० भन्दाबढी पटक रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको थियो । सोसाइटीका अनुसार हाल चितवनका अस्पतालमा दैनिक १५० युनिट रगतको माग छ । अहिले प्रादेशिक रक्तसञ्चार केन्द्रमा औसतमा ३० देखि ४० युनिट मात्र रगत उपलब्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

  • पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

  • बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution