Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राष्ट्रको समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने

रासस २६८ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ १८, आईतबार (६ महिना अघि)
राष्ट्रको समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने

भक्तपुर, १८ जेठः
प्रथम महिला राधिका शाक्यले देशको समृद्धिलाई केन्द्रमा राखेर समाजका सबै वर्गले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा पुस्तक विमोचन गर्दै उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हरेक नेपालीले राष्ट्रका खातिर काम गर्नुपर्ने बताउनुभयो ।
देशमा गणतन्त्र स्थापना भएपछि शिक्षा, स्वास्थ्य, कृषि, सडकलगायत क्षेत्रमा स्रोत र साधनले भ्याएसम्म विकास–निर्माणका धेरै काम भएका बताउँदै उहाँले  राजनीतिक परिवर्तनले निराशा बढायो भन्नेहरुलाई इमानदार भएर समीक्षा गर्न आग्रह गर्नुभयो ।
“देशमा कही भएन भन्नेहरुले एक पटक देश घुम्नुस्, हेर्नुस्, बुझ्नुस्, सरकार र विभिन्न निकायबाट प्रकाशित विकासका पुस्तकहरु अध्ययन गर्नस्, प्रजातन्त्र स्थापनापछि देशका कति परिवर्तन भएका छन्, केही भएन भन्ने भाष्य गलत हो ।”
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजसंस्था पक्षधर समूहका केही व्यक्तिले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँले शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । देशको समृद्धि नै प्रधानमन्त्रीको एकमात्र लक्ष्य र उद्देश्य भएको उहाँको कथन थियो । उहाँले भन्नुभयो, “बालुवाटार घेर्छु भन्नेहरुलाई जनताले चिनेका छन् ।”
समृद्ध मध्यपुर समाजले प्रकाशन गरेको ‘जेसुम यात्रा’ कविता सङ्ग्रह प्रथम महिला शाक्य, मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठ, जेसुमकी संस्थापक संयोजक एवं बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।
विमोचित पुस्तकमा प्रकाशित प्रधानमन्त्री  ओलीका साथै विभिन्न स्रष्टाका रचना वाचन गरिएका थिए । पुस्तकमा जेसुमकी संयोजक अनिता लामा, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, साहित्यकार स्नेह साय्मी, फूलमान वल, लक्ष्मी माली, शशि लुमुम्बू, अनन्त वाग्ले, घनश्याम खतिवडाका कविता समावेश छन् । उहाँहरूले आफ्ना सृजना सोही कार्यक्रममा वाचन गर्नुभएको थियो ।
कला, साहित्य र रङ्गमञ्चमार्फत सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यही फागनु १ गते जेसुमले शङ्खधर चोकस्थित शङ्खधरको शालिकबाट सुरु गरी बालकुमारी हुँदै, नगदेश बोडेको कुमारी मन्दिरसम्मका ऐतिहासिक सम्पदाको अवलोकनका क्रममा स्रष्टाहरुबाट सृजना भएका कविता, सम्पदास्थलमै कोरिएका चित्र पनि पुस्तकमा समावेश गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

  • सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

  • प्रत्यूष ई-पेपर थप

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution