Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ जेष्ठ १४, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘सरसफाइ र स्वच्छता कायम राख्न सबैले सहयोग गर्नुपर्छ’

रासस ३१ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलबार (१ दिन अघि)
‘सरसफाइ र स्वच्छता कायम राख्न सबैले सहयोग गर्नुपर्छ’

काठमाडौँ, १३ जेठ
 खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा स्वच्छता कायम राख्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले सबै राजनीतिक दलहरूका प्रमुख एवं नेताहरूलाई पत्राचार गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता, जलवायु अनुकूल सरसफाइलगायत क्षेत्रमा सहकार्य र समन्वय गर्न आग्रह गर्नुभयो ।
मन्त्रिपरिषद् र संसद्मा यस विषयलाई उठाउने, सातवटै प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा बैठक आयोजना गर्ने, समावेशी र जलवायु अनुकूल सरसफाइका लागि रणनीति निर्माण गर्ने जनाउँदै मन्त्री यादवले रणनीतिलाई प्रभावकारी कार्यान्वयनमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रलाई राजनीतिक दलहरूले प्राथमिकताको विषय बनाउनुपर्ने भन्दै सबैलाई सहयोगको प्रतिबद्धता जनाउन आग्रह गर्नुभयो । मन्त्री यादवले मुलुकको सरसफाइ र खानेपानी व्यवस्थामा सुधार ल्याउन सबैले मद्दत गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
“तीनै तहका सरकारबाट आयोजना तथा कार्यक्रम सञ्चालन हुँदा कार्यान्वयनमा दोहोरोपना हुनु, क्षेत्रगत दृष्टिकोण र समन्वयमा कमी, स्रोत परिचालन र कार्यान्वयनमा प्रणालीगत चुनौती, अपर्याप्त वित्तपोषण र कमजोर वित्तीय स्रोत व्यवस्थापनलगायत समस्या सामना गर्न राजनीतिक दलको समन्वय र अग्रसरताको आवश्यकता देखिएको छ”, मन्त्रीद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ ।
सामुदायिक खानेपानी प्रणालीमा लाग्ने कर खारेज गर्न, मन्त्रालयलाई मजबुत बनाउन, खानेपानी तथा सरसफाइ मन्त्रालय गठनको पहल गर्न, मेलम्ची खानेपानीको सेवा काठमाडौँस्थित चन्द्रागिरि नगरपालिकासम्म विस्तार गर्न मन्त्री यादवले सबै राजनीतिक दल तथा सरोकार भएकासँग प्रतिबद्धतासहित सहयोग गर्न आग्रह गर्नुभयो ।
खानेपानी र सरसफाइलाई मुलुकको दिगो विकासको आधारभूत आधारस्तम्भका रूपमा अघि बढाउन सबै राजनीतिक दलको सक्रिय सहभागिता र प्रतिबद्धता आवश्यक रहेको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकको जीवनस्तर सुधार्न र दिगो विकास लक्ष्य हासिल गर्न खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रलाई राजनीतिक प्राथमिकताको विषय बनाउनुपर्ने आवश्यकता छ ।”
स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता र समावेशी विकासमा प्रत्यक्ष प्रभाव पार्ने यस क्षेत्रको दीर्घकालीन सुधारबिना समृद्ध नेपालको सपना पूरा हुन नसक्ने भएकाले राजनीतिक प्राथमिकताको विषय बनाइनुपर्नेमा मन्त्री यादवले जोड दिनुभयो । उहाँले भन्नुभयो, “खानेपानी तथा सरसफाइमा लगानी वृद्धि र नीतिगत प्रतिबद्धता आवश्यक छ । यसले नागरिकका आधारभूत आवश्यकता पूरा हुनेछन् ।”
मन्त्री यादवले भन्नुभयो, “नेपालले सन् २०३० सम्ममा सबै नागरिकलाई सुरक्षित पानी र सरसफाइको पहुँच पुर्याउने लक्ष्य लिएको भए पनि बजेट, योजना कार्यान्वयनको कमजोरी र राजनीतिक इच्छाशक्तिको अभावले यो लक्ष्यमा चुनौती देखिएको छ ।” खानेपानी र सरसफाइ विकास परियोजनाको विषयमात्र नभएर जनताको अधिकारको विषय भएकाले सङ्घीय सांसद, स्थानीय सरकार प्रमुख, राजनीतिक दल पनि यस विषयमा केन्द्रित हुनु जरुरी रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ऊर्जामन्त्री र  अमेरिकी राजदूत बीच भेटवार्ता :  एमसिसी परियोजनाबारे छलफल

    ऊर्जामन्त्री र अमेरिकी राजदूत बीच भेटवार्ता : एमसिसी परियोजनाबारे छलफल

  • धादिङ कारागारमा एक थुनुवाले गरे आत्महत्या

    धादिङ कारागारमा एक थुनुवाले गरे आत्महत्या

  • सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

  • धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

    धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

  • प्रत्यूष ई-पेपर थप

    २०८२ जेष्ठ ६ गते मंगलबार

    २०८२ जेष्ठ ६ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ऊर्जामन्त्री र  अमेरिकी राजदूत बीच भेटवार्ता :  एमसिसी परियोजनाबारे छलफल

    ऊर्जामन्त्री र अमेरिकी राजदूत बीच भेटवार्ता : एमसिसी परियोजनाबारे छलफल

    धादिङ कारागारमा एक थुनुवाले गरे आत्महत्या

    धादिङ कारागारमा एक थुनुवाले गरे आत्महत्या

    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

    धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution