Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अपाङ्गता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त

प्रत्यूष २७३ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रबार (७ महिना अघि)
अपाङ्गता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त

पाटन (ललितपुर), ९ जेठ
 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य रहेको बताउनुभएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा आज यहाँ आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा उहाँले अपाङ्गता भएकाहरूले अवसर पाउँदा अन्य मानिसभन्दा बढी प्रगति हासिल गर्न सक्ने धारणा राख्नुभयो । उनीहरूको क्षमता अभिवृद्धिका साथै जीवनको सहजताका लागि शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्नेमा सरकारले ध्यान दिइरहेको मन्त्री पन्तको भनाइ थियो ।
उहाँले कार्यक्रममा प्रस्तुत बौद्धिक अपाङ्गताका क्षेत्रका सवाल र समाधान गर्नुपर्ने विषयबारे ध्यान दिएर नीतिगत व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यहाँ राम्रा विषयहरू प्रस्तुत भएका छन् । अपाङ्गताका क्षेत्रमा बनेका नीतिगत व्यवस्था, वस्तुस्थिति र सामाजिक परिवेशअनुसार व्यावहारिक रूपमा कार्यान्वयन गर्न ध्यान दिनुपर्ने आवश्यकता छ”, मन्त्री पन्तले भन्नुभयो,“सरकारका तर्फबाट अपाङ्गता भएका व्यक्तिहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने अवसर प्रदान गर्न हामी सचेत छौँ । समावेशी र अपाङ्गता भएका व्यक्तिहरूलाई सबल र सक्षम बनाउनेमा पनि अब्बल हुन नेपालले प्रयास गरिरहेको छ ।”
राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य गीता अधिकारीले १६औँ पञ्चवर्षीय योजनामा शत्प्रतिशत बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने लक्ष्य रहेको उल्लेख गर्दै शिक्षालाई आधार बनाएर मानव पुँजीको विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाभित्र पनि लैङ्गिक उत्तरदायी र समावेशी शिक्षालाई जोड दिएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको धारणा राख्नुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले समावेशी शिक्षा र विशेष शिक्षाका क्षेत्रमा नेपालको परिवेशअनुसार मार्गचित्र तयार गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले विकासको दृष्टिले पछाडि परेका बालबालिकाको आवाज, अपेक्षा र आवश्यकतालाई विश्लेषण गरेर नीतिगत व्यवस्था र व्यावहारिक कार्यान्वयनलाई ध्यान दिएर अगाडि बढ्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।
उपमहानिर्देशक महेन्द्रप्रसाद पराजुलीले नेपालको संविधान जारी भएपछि शिक्षामा सबैको पहुँच, अनिवार्य निशुल्क शिक्षाको नीति सुनिश्चित गरेको भन्दै तीनै तहका सरकारले नतिजामूलक उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले समावेशी शिक्षा नीति २०७३ लाई क्रियाशील बनाइनुपर्नेमा जोड दिनुभयो ।
नेपाल नेत्रहीन सङ्घका अध्यक्ष कलाधर भण्डारीले विशेष शिक्षा परिषद्ले अपाङ्गता भएका व्यक्तिका लागि आधारभूत शिक्षाको सुनिश्चितताका लागि काम गरिरहेको बताउनुभयो । उहाँले समुदायमा आधारित समावेशी शिक्षाका लागि नेपाल सरकारले अवलम्बन गरेअनुसारको शैक्षिक उपलब्धि हासिल गर्नका लागि सबै सरोकार भएकाहरू जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताउनुभयो । विसं २०८५ वैशाख १ गतेभित्र सबै तहका बालबालिकाले आधारभूत तहको शिक्षा प्राप्त गरेको हुनुपर्ने नीतिगत व्यवस्था रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

  • सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

  • प्रत्यूष ई-पेपर थप

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution