Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’

रासस २७५ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ ७, बुधबार (५ महिना अघि)
‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’

पाटन ललितपुर, ७ जेठ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयसापेक्ष विश्लेषण गरेर जैविक खेती र रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ भन्ने बताउनुभएको छ ।

खाद्यका लागि कृषि अभियानले २०८२ गत वैशाख ९ गतेदेखि यही जेठ ७ गतेसम्म भएको जैविक कृषि जागरण यात्रा २०८२ को सन्देश सार्वजनिक समारोहमा उहाँले कृषि कर्म गर्ने सबैलाई सहयोग गर्ने र खाद्यका लागि जैविक कृषि प्रणालीलाई प्रवद्र्धन गर्नका लागि प्राप्त सुझावअनुसार काम गर्न मन्त्रालय तत्पर रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ,“धेरै विषादी प्रयोग न्यूनीकरण आवश्यक छ, भावी सन्ततिका बारेमा पनि चिन्ता गर्नुपर्ने हुन्छ, रासायनिक मलका साथै हामीले प्राङ्गरिक मललाई पनि जोड दिनुपर्छ, प्राङ्गारिक मललाई बढवा दिएर रासायनिक मललाई निरुत्साहित गर्दा सफल हुन सकिन्छ । ”

उहाँले जैविक कृषिले सबै नेपालीलाई आत्मनिर्भर बनाउने कार्यमा सबै मिलेर लागौँ भन्ने धारणा राख्नुभयो । “रासायनिक मल पर्याप्त दिन सकेन भनेर सरकारको आलोचना हुन्छ, अनि फेरि जैविक खेतीका लागि प्राङ्गारिक मलको पनि कुरा हुन्छ, यसमा जोड दिऔँ न, खाद्य स्वच्छताका लागि जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले सिङ्गै नेपालीलाई आत्मनिर्भर बनाउने गरी उत्पादन र त्यसको उपलब्धि हेरेर १५ देखि ८५ प्रतिशतसम्म अनुदान दिने काम सरकारी तहबाट भएको बताउनुभयो । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले जागरण यात्रा कार्य महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले केमिकलयुक्त रासायनिक मलभन्दा अर्गानिक मलका लागि जोड दिँदै कृषि प्रणाली र खेतीपातीका विषयमा विद्यालय तहको शिक्षालाई पनि जोड दिनुपर्ने बताउनुभयो ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले जैविक कृषिको सामूहिक दृष्टिकोण र सङ्क्रमणकालीन योजना आवश्यक रहेको बताउनुभयो । “माटोमा कृत्रिम रसायन घटाउने र प्राङ्गारिक पदार्थ बढाउने नीति चाहिन्छ, उत्पादकदेखि उपभोक्तासम्म सचेतना जगाउनु आवश्यक छ, मिश्रित खेती प्रवद्र्धन गर्नुपर्छ, एकल बाली निरुत्साहित गर्नुपर्छ, एग्रोभेटहरूको नियमित अनुगमन र नियमन आवश्यक छ”, उहाँले भन्नुभयो ।

संयोजक अधिकारीले जैविक कृषि विषयलाई विद्यालय केन्द्रित बनाएर जागरण अभियान चलाउनु प्रभावकारी हुने जनाउँदै प्राविधिकलाई नियमित रुपमा जैविक कृषिबारे प्रशिक्षण दिनुपर्ने, नेपालमा पर्याप्त उत्पादन हुनसक्ने कृषिउपजको आयात बन्द गर्नुपर्ने, युवालाई कृषि क्षेत्रमा फर्काउनु पर्ने र रैथाने बालीको प्रवद्र्धन अपरिहार्य छ भन्ने जागरण यात्राको सन्देश रहेको बताउनुभयो ।

अभियानकर्मी एवं जैविक कृषि जागरण यात्राका सदस्य दीपेश नेपालले नेपालको कोशी, मधेस र बागमती प्रदेशका २४ जिल्लामा पुगेर नागरिक समाज, किसान तथा सरोकारवालासँग भेट गरिएको छलफल, अध्ययनका आधारमा प्रकृतिसँग मिल्दोजुल्दो जैविक खेतीमा मात्रै नेपालको भविष्य छ भन्ने सन्देश पाएको बताउनुभयो । उहाँले यात्राका क्रममा एक हजार ९५८ जनासँग प्रत्यक्ष सम्पर्क गरिएको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

  • सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

  • आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution