Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

रासस २७० पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलबार (७ महिना अघि)
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

तुलसीपुर (दाङ), २३ वैशाख
आर्थिक सहयोग जुटाएर तुलसीपुर उपमहानगरपालिका–४ स्थित एकाघरका चार दृष्टिविहीनलाई आवास निर्माण बनाउन थालिएको छ । तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो । तेइस वर्षीय गणेश गन्धर्व, उनकी बहिनी गङ्गा, जमुना र मनिषा जन्मजात नै दृष्टिविहीन हुन् । मनिषा दृष्टिविहीनसँगै बहुअपाङ्ग हुनुहुन्छ । सोह्र वर्षीया उहाँ हिँडडुल गर्न पनि सक्नु हुँदैन ।

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका गरायलाका आमा रुपा गन्धर्वसहित उहाँहरु २०६८ सालमा दाङको तुलसीपुर झर्नुभएको थियो । रुपाले भन्नुभयो,“सबै छोराछोरी दृष्टिविहीन जन्मिएपछि श्रीमान्ले अर्को विवाह गर्नुभयो ।” यसपछि रुपालाई श्रीमान्ले कुनै हेरचाह नै नगर्ने तथा घरबाट निकाला गरेपछि बिचल्ली अवस्थामा उहाँलाई उद्धार गरेर तुलसीपुरस्थित रक्षाचौर ल्याइएको थियो ।

विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा उहाँहरु दाङको तुलसीपुर आए पनि भाडाको घरमा बस्दै आउनुभएको थियो । “कहिले कसको घरमा भाडामा बस्यौँ, कहिले कसकोमा”, गणेशले भन्नुभयो, “लामो समय कसैले पनि बस्न दिएनन् ।” यसरी भाडामा बस्दा पनि पीडा झेलेका उहाँहरुको अहिले आवास निर्माण हुन थालेपछि भने खुसी छन् । सारङ्गी बजाएर, गीत गाएर गणेशले आम्दानी गर्नुहुन्थ्यो, त्यसैले घरखर्च चल्ने गरेको थियो । अब घर बनेपछि भाडा तिर्नुनपर्ने हुँदा सहज हुने गणेशले बताउनुभयो । “भाडा तिर्न पनि गाह्रो हुन्थ्यो, घर बनेपछि भने अब सहज हुने भयो”, उहाँले भन्नुभयो ।

करिब रु १५ लाख लागत अनुमान गरेर घर निर्माण सुरु गरिएको निर्माण समितिका संयोजक केसीले बताउनुभयो । “सबै सन्तान दृष्टिविहीन, बास पनि नभएपछि हामीले घर बनाइदिने गरी काम अघि बढाएका छौँ”, उहाँले भन्नुभयो । अबको एक महिनाभित्र घर निर्माण पूरा भइसक्ने उहाँको भनाइ छ । यसै क्रममा केसीले अहिलेसम्म घर निर्माणका लागि रु ४० हजार सहयोग गरिसक्नुभएको छ ।

निर्माण भइरहेकाले लाग्ने सबै खर्च व्यहोर्ने गरी काम अघि बढाइरहेको उहाँले बताउनुभयो । दृष्टिविहीन गणेशसहित गङ्गा, जमुना गुरुजजुर नमूना माविमा ब्रेललिपिमार्फत अध्ययन गर्छन् । हाल आमा रुपाको खातामा विभिन्न सङ्घसंस्थाको सहयोगमा रु सात लाख सहयोग सङ्कलन भएको थियो । त्यो रकम बैंकमा मुद्दति खातामा छ । त्यसबाट आउने मासिक ब्याजले पनि घर खर्च चलाउन सजिलो भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

  • बागलुङका किसानका व्यथा :  सुन्तला सस्तोमा बेच्न बाध्य

    बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • प्रत्यूष ई-पेपर थप

    अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो

    अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    बागलुङका किसानका व्यथा :  सुन्तला सस्तोमा बेच्न बाध्य

    बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution