Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नागढुंगा–नौबिसे सडक स्तरोन्नतिको प्रगति ७० प्रतिशत

प्रत्यूष १४५ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र २३, आईतबार (१ महिना अघि)
नागढुंगा–नौबिसे सडक स्तरोन्नतिको प्रगति ७० प्रतिशत

अस्मिता पोखरेल ।
धादिङ, २४ चैत्र । संघीय राजधानी आउजाउ गर्ने मुख्य मार्ग हो नौबिसे नागढुंगा सडक । नागढुङ्गादेखि नौबिसेसम्म १२.२६ किलोमिटर सडकको काम अहिले सत्तरी प्रतिशत सकिएको छ  ।

तीन खण्डमा सडक विस्तारको काम भइरहेको मुग्लिङ–नागढुङ्गा सडकको एउटा खण्डको काम सत्तरी प्रतिशत सकिएको हो  । यो सडक स्तरोन्नतिको काम सुरु भएको दुई वर्ष १० महिना पुरा भयो । अहिले पनि धमाधम काम भइरहेको छ ।

यो सडकखण्डको १२.२६ किलोमिटरमध्ये साढे ११ किलोमिटर ड्रेन निर्माण सकिएर कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको नागढुङ्गा–मुग्लिङ सडक पूर्वीखण्डका योजना प्रमुख केशव ओझाले जानकारी दिनुभयो ।

‘नौबिसेबाट खत्रिपौवाको पुल हुँदै सुरुङ मार्गसम्मको सडक कालोपत्रे सकिनेछ’, योजना प्रमुख ओझाले भन्नुभयो –‘बाँकी भागलाई यसै आर्थिक वर्षभित्र नागढुंगासम्म कालोपत्रे गर्ने लक्ष्य राखिएको छ ।’

खत्रीपौवा र नौबिसेमा दुईवटा पुल निर्माणाधीन अवस्थामा छन् । खत्रीपौवाको पुल निर्माण अन्तिम चरणमा छ । असार मसान्तसम्म सम्पन्न गर्ने लक्षसहित नौबिसेको पुलमा काम भइरहेको छ ।

त्रिभुवन राजपथको नागढुंगादेखि पृथ्वीराजमार्गको मुग्लिनसम्म तीन वटा प्याकेजमा छुट्टाछुटै ठेक्कामार्फत सडक स्तरोन्नतिको काम सुरु गरेको हो । पहिलो प्याकेजमा नागढुंगा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन भनी छुट्याइएको छ । पहिलो प्याकेजअन्तर्गत नागढुंगा–नौबिसे १२.२६ किलोमिटर, दोस्रो ४३.५४ किलोमिटर र तेस्रो ३८.८६ किलोमिटर छ ।

नागढुंगा–नौबिसे खण्डको कामले पछिल्लो समय गति लिएपनि नौबिसे–मलेखु खण्डको काम भने सुस्त देखिएको छ । नौबिसे–मलेखु सडकखण्डको निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसकेको योजना प्रमुख ओझाले बताउनुभयो । यो खण्डमा हालसम्म ३२ प्रतिशत काम भएकोे छ ।

४३.५४ किलोमिटरमध्ये ३० किलोमिटर सडक कटिङ गर्ने काम सकिएको छ भने बाँकी १३ किलोमिटर अप्ठ्यारो तथा विवादित क्षेत्र रहेकाले कार्य अघि बढ्न ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । निर्माण कार्यमा विभिन्न समस्या देखिएका छन् । योजना प्रमुख ओझा भन्नुहुन्छ, “निर्माण सामग्रीको नियमित आपूर्ति नहुँदा काममा ढिलाइ भएको छ । बाढीपहिरो, विद्युत् पोल स्थानान्तरण, रुख कटान तथा स्थानीय विवादका कारण पनि निर्माण कार्य प्रभावित भइरहेको छ ।”

नौबिसे–मलेखुखण्डको हालसम्म सात किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको र १६ किलोमिटर सडक यसै वर्ष कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । बाँकी नौ किलोमिटरमा कुनै समस्या नआए यो आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाका अनुसार बाँकी खण्ड अर्को वर्ष सम्पन्न गरिने छ ।

मलेखु–नागढुंगा खण्डमा १३ वटा पुल निर्माण गरिँदैछ । त्यसमध्ये तीन वटा पुलमा गाडी सञ्चालन भइसकेको छ भने ४ वटा पुल आपतकालीन अवस्थाका लागि तयार छन् । बाँकी तीन वटा पुल असारसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ । तर, अन्तिम तीन वटा पुलको काम मंसिर–पुससम्म मात्र सकिने अनुमान गरिएको छ ।

नागढुंगा–नौबिसे सडक खण्ड साउन दश गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ भने नौबिसे–मलेखु खण्ड जेठभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, प्राविधिक तथा भौगोलिक कठिनाइका कारण केही समय थप लाग्न सक्ने ओझाले बताउनुभयो ।

No description available.No description available.No description available.No description available.No description available.

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचक घट्यो

    नेप्से परिसूचक घट्यो

  • सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

  • निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

    निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

  • भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

    भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक घट्यो

    नेप्से परिसूचक घट्यो

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

    निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

    भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

    भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution