Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो

रासस ३८८ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन ६, मंगलबार (८ महिना अघि)
तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो

महोत्तरी, ६ फागुन
 चिस्यानघर निर्माण हुने आशामा बसेका बर्दिबास नगरक्षेत्रका किसान निराश भएका छन् । छ वर्षअघि निर्माण सुरु गरिएको चिस्यानघर तीन वर्षदेखि स्थगित छ ।
“चिस्यानघर बन्ने आशा थियो,” बर्दिबास–९ का सुरजसिंह कुशवाहाले भन्नुभयो, “तर निर्माण रोकिएपछि आश म(यो ।” विसं २०७५ मा सुरु भएको चिस्यानघर निर्माण नगरपालिकाले प्राथमिकतामा नराख्दा सम्पन्न नभएको कुशवाहा बताउनुहुन्छ ।
विसं २०७५ मा नगरपालिकाले चिस्यानघर निर्माण सुरु गरेको थियो ।  विसं २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले चासो नदेखाएको किसानको गुनासो छ । बर्दिबास–२, ६ र ८ को मध्यमा ‘मोडल एग्रो भिलेज’ क्षेत्रभित्र चिस्यानघर निर्माण सुरु गरिएको थियो
कुल रु २२ करोड अनुमानित लागतमा बन्न थालेको चिस्यानघर तीन हजार मेट्रिक टन कृषि उत्पादन सुरक्षण गर्ने क्षमताको हुने लागत अनुमानमा उल्लेख छ ।
“अहिले हाम्रा फसलले मूल्य पाएका छैनन्,” बर्दिबास–१२ बिजलपुराका किसान रामविलास सिंह भन्नुहुन्छ, “चिस्यानघर बनेको भए गत साउनमा पाकेको आँप हामी अहिले बजारमा पु¥याएर राम्रो मूल्य लिनसक्ने थियौँ ।”
बन्न थालेको काम किन अड्क्यो भन्ने सर्वसाधारणको चिन्ता जायज नभएको नगर प्रमुख प्रल्हाद क्षत्री बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो ठूलो रकमको महत्वाकाङ्क्षी योजना भएकाले पछिल्ला दिनमा आवश्यक बजेट अभावमा निर्माण अघि बढाउन नसकिएको हो ।” क्षत्रीले सङ्घीय र प्रदेश सरकारबाट चिस्यानघर निर्माणमा सहयोग जुट्नासाथ काम अघि बढाउने बताउनुभयो ।
चिस्यानघरको बाहिरी संरचना निर्माण भइसकेको छ । हालसम्म छ करोड खर्च भएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाले मेयर कृषि कार्यक्रम सञ्चालनका लागि छुट्याएको बर्दिवास–२, ६ र ८ नं वडामा पर्ने एउटै प्लटमा ८४ बिघा जग्गा छ । सो जग्गाभित्र चिस्यानघर निर्माण थालिएको हो ।
बर्दिबास कृषि कार्यक्रमअन्तर्गतको ‘मोडल एग्रो भिलेज’ नमूना कृषिस्थल बनाइने नगरपालिकाले जनाएको छ । यहाँबाट अभिलेखीय प्रणालीको कृषि व्यवस्थित गरिने जनाइएको छ ।
“बर्दिबास कृषि कार्यक्रममा हामी नगरका सबै किसानलाई समेट्छौँ,” नगरप्रमुख क्षत्री भन्नुहुन्छ, “कुन किसानले कुन बाली कति क्षेत्रफलमा लगाउँदैछन् यो कति उत्पादन हुनसक्छ  यसकोे अभिलेख खडा गरेर उत्पादित फसलको बजारसमेत पक्का गर्ने कार्यक्रमको उद्देश्य हो ।”
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution