Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

श्रीमद् भागवत सप्ताहबाट ५ करोड ८५ लाख संकलन

प्रत्यूष २३८ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन ४, आईतबार (१० महिना अघि)
श्रीमद् भागवत सप्ताहबाट ५ करोड ८५ लाख संकलन

धादिङ,०४ फागुन ।
बेनीघाट रोराङ गाउँपालिकाले आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट ५ करोड ८५ लाख रुपैयाँ संकलन भएको छ। “शिक्षाका लागि भिक्षा अभियान“ भन्ने मूल नारासहित माघ १७ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिएको महायज्ञबाट संकलित रकमको आयव्यय विवरण शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

गाउँपालिकाका लेखा शाखा प्रमुख सन्तोष अर्यालका अनुसार महायज्ञबाट ५ करोड ८५ लाख रुपैयाँ संकलन भएको छ, जसमध्ये ७८ लाख रुपैयाँ महायज्ञ सञ्चालन खर्चमा खर्च गरिएको छ।

गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले देशभरकै नमुना अभियानका रूपमा सञ्चालन गरिएको यस महायज्ञबाट संकलित रकम निःशुल्क शिक्षामा लगानी गरिने जानकारी दिनुभयो। उहाँले यो अभियान विशेष गरी चेपाङ समुदायको शिक्षा उत्थानका लागि सञ्चालन गरिएको बताउँदै, आगामी वर्षहरूमा पनि रकम संकलन अभियान निरन्तर अघि बढाइने उल्लेख गर्नुभयो।

गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले संकलित रकम गरिब, विपन्न तथा चेपाङ समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सहयोगी दाताहरूप्रति आभार व्यक्त गर्दै संकलित रकमका कारण धेरै बालबालिकाले उज्ज्वल भविष्य देख्ने अवसर पाउने बताउनुभयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्वदा घिमिरेले महायज्ञबाट संकलित रकमले बेनीघाट रोराङ गाउँपालिकाको शैक्षिक क्षेत्रलाई माथि उठाउने उल्लेख गर्नुभयो। साथै, स्थानीयवासी तथा सहयोगी मनहरूले दिएको सहयोगको पूर्ण सदुपयोग गर्दै विश्वस्तरको शिक्षामा लगानी गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

  • सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

  • तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

  • ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution