Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सोवारिग्पा शिक्षालाई व्यवस्थित गर्न जोड

प्रत्यूष ३४९ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष १४, आईतबार (१० महिना अघि)
सोवारिग्पा शिक्षालाई व्यवस्थित गर्न जोड

काठमाडौँ, १४ पुस
 शताब्दीऔँदेखि प्रचलनमा रहेको सोवा रिग्पा उपचार पद्दतिसम्बन्धी उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई मान्यता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । हाल लुम्बिनी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बौद्ध जोरपाटीमा स्थापना भएको सोवा रिग्पा इन्टरनेशनल कलेजबाट उत्तीर्ण गरेका विद्यार्थीहरुले मेडिकल काउन्सिलबाट प्रमाणपत्र पाउन नसक्दा थप अध्ययन वा सरकारी सेवामा प्रवेश गर्न समस्या भएको भन्दै उनीहरुलाई यसबाट वञ्चित गरिन नहुने उहाँहरुको माग रहेको छ । हाल सो कलेजबाट नेपाललगायत भुटान, भारत, फिनल्याण्ड, कोस्टारिका, स्पेन र तिब्बतबाट आएका ३५ जना विद्यार्थीले साढे पाँच वर्षको कोर्ष पूरा गरी एक वर्ष इन्टर्न कोर्षसमेत गरिसकेका छन् ।
आडरा नेपालद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले परम्परागतरुपमा प्रचलनमा रहेको सोवा रिग्पा उपचार पद्दतिको संरक्षण र विस्तारका लागि यससम्बन्धी उच्च शिक्षामा अध्ययनलाई व्यवस्थित गर्न मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले स्वास्थ्य नीतिमा सोवारिग्पाको व्यवस्था गरिएकाले सम्बन्धित स्वास्थ्य संस्थाहरुमा दरबन्दीको व्यवस्था गर्न आवश्यक नीतिगत सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
आयुर्वेद मेडिकल काउन्सिलका रजिष्टार डा निर्मल भुसालले भारतलगायत अन्य देशहरुमा सोवारिग्पालाई सरकारी मान्यता दिइएको सन्दर्भमा नेपालमा पनि यससम्बन्धी उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई काउन्सिलमा दर्ता गराउन प्रकृया अगाडि बढाउन सकिने धारणा राख्नुभयो । लुम्बिनी विश्वविद्यालयका पूर्व डीन उकेशराज भुजुले विश्वविद्यालयले विज्ञहरुको सुझावअनुसार तयार गरिएको सोवारिग्पाको पाठ्यक्रमलाई विषयगत समिति, प्राज्ञसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइएकाले यसलाई सरकारी मान्यता दिनबाट रोक्न नहुने बताउनुभयो ।
कार्यक्रममा आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा श्यामबाबु यादवले सोवारिग्पा विभागअन्र्तगत रहेकाले यसलाई मान्यता दिन सकिनेछ भन्नुभयो । आडरा नेपालका राष्ट्रिय प्रतिनिधि प्रविण ढकालले हिमाली क्षेत्रमा सोवारिग्पा उपचार पद्दतिको अभ्यास गरिरहेका आम्चीहरुबाट जनतालाई सुलभ ढङ्गबाट स्वास्थ्यसेवा पु¥याउनुको साथै सामुदायिक विकासमा पनि महत्वपूर्ण योगदान रहेको बताउँदै सबै उपचार पद्दतिहरुलाई राज्यले उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
सोवा रिग्पा इन्टरनेशनल कलेजका निर्देशक डा तेन्जिङ धार्के गुरुङले सातौँ शताब्दीबाट थालनी भएको सोवा रिग्पासम्बन्धी अभ्यासलाई भारत, चीन लगायत विश्विका थुपै्र देशहरुमा औपचारिक रुपमा पठनपाठन भइसकेको सन्दर्भमा नेपालमा पनि केही वर्षदेखि शुरु भएकामा ती विद्यार्थीहरुको मेडिकल काउन्सिलबाट दर्ता नहुँदा समस्या भएकाले यसतर्फ सम्बन्धित निकायहरुको ध्यान जान जरुरी भएको बताउनुभयो । हाल मुस्ताङको ल्हो घेकर दामोदरकुण्ड र गोरखाको चुमनुव्री गाउँपालिकाले स्थानीय राजपत्रमा प्रकाशित गरी सोवारिग्पालाई आधिकारिक मान्यता दिएका छन् भने अन्य पालिकाहरुले पनि प्रकृया अगाडि बढाएको सो अवसरमा जानकारी दिइयो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

  • सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

  • आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution