Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १४, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर

प्रत्यूष ३४४ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष ७, आईतबार (१ साल अघि)
महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर

डुम्रे (तनहुँ), ७ पुस
स्त्रीरोग पहिचान तथा परीक्षणका विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने उद्देश्यले तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलाको स्वास्थ्य समस्याको पहिचान र यससम्बन्धी चेतना दिन शिविर सञ्चालन गरिएको हो ।

मिलन योग साधना केन्द्र, मिलन टोल विकास सस्थाको आयोजना, भादगाउँ स्वास्थ्य क्लिनिक, श्रीना फार्मेसीको सहआयोजना र गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । विशेषज्ञ चिकित्सकको अभावमा यहाँका बिरामी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहनुपर्ने बाध्यता भएकाले सहज रूपमा सेवा प्रवाह गर्न शिविरको आयोजना गरिएको जिल्ला समन्वय समितिका पूर्वसदस्य तथा स्थानीय केशबहादुर सुनारले जानकारी दिनुभयो ।

शिविरमा गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा रुपा पनेरुको नेतृत्वमा डा गरिमा गौतम, डा कोमल शाहलगायतको टोलीले प्रसूति तथा स्त्रीरोगको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षण गराउँदै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले घरआँगनमै स्वास्थ्य परीक्षण गर्न पाउँदा बिरामीलाई सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता शिविर सञ्चालन गर्न नगरपालिकाले सहयोग गर्दै आएको छ ।”

योग गर्न सहज बनाउन योग भवन बनाउन नगरपालिकाले मद्दत गर्ने उपप्रमुख दरैले बताउनुभयो । शिविरमा निःशुल्क औषधी वितरण गरिएको छ । व्यास नगपालिका–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खले, पतञ्जली योग साधना केन्द्र तनहुँका अध्यक्ष मानबहादुर आले, मिलन योग साधना केन्द्रका अध्यक्ष कृष्णबहादुर थापालगायतले जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुन्जेल बेलाबेलामा हुने विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविरबाट लाभ पुग्ने बताउनुभयो । शिविरमा एक सय २१ महिलाले स्वास्थ्य सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

  • सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

  • तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

  • ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution