Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ जेष्ठ २, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एक करोड ४० लाखमा बन्यो प्रहरीचौकी

प्रत्यूष १२९ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष ४, बिहिबार (४ महिना अघि)
एक करोड ४० लाखमा बन्यो प्रहरीचौकी

त्रिशूली (नुवाकोट), ४ पुस
 मुलुकमा चलेको सशस्त्र द्वन्द्वको समयमा ध्वस्त पारिएको प्रहरी चौकी देउरालीको नयाँ भवनको पुनर्निर्माण गरिएको छ ।
विसं २०५४ मा तत्कालीन समयमा नेकपा ९माओवादी०को आगजनीबाट ध्वस्त बनेको प्रहरी चौकी देउरालीको २७ वर्षपछि पुनर्निर्माण गरिएको भवनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा ९तामाङ०ले बुधबार उद्घाटन गर्नुभयो ।
प्रहरी चौकीको नयाँ भवन निर्माणसँगै जनताको शान्तिसुरक्षा, अन्याय र पीडित भएकाले पाउने न्यायसहित राज्यको उपस्थिति जनताको घरदैलोसम्म पु¥याउन थप मद्दत पुगेको मुख्यमन्त्री तामाङको भनाइ छ । प्रदेश सरकारले प्रहरी एकाइसहित सरकारी सेवासँग सम्बन्धित संरचनाको निर्माणका गतिविधिलाई अघि बढाउँदै भौतिक संरचनाको विकासमा लगानी गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
प्रहरी चौकीसहित तत्कालीन समयमा ध्वस्त बनाइएको गाविसको भवन अहिले पालिकाका रुपमा स्थापना भए पनि नेपाल विद्युत् प्राधिकरण र कृषि विकास सेवा केन्द्र भने अझै अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भइरहेको म्यागङका अध्यक्ष आशा तामाङले गुनासो गर्नुभयो ।
द्वन्द्वका समयमा क्षति पुगेका तथा राज्यको सेवा प्रवाह सहज बनाउन माग आएका र आवश्यकता महसुस भएका स्थानमा प्रहरी एकाइको कार्यालय पुनर्निर्माण तथा नयाँ निर्माणलाई प्राथमिकता दिइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरी शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार राज्य पुनःसंरचनापश्चात् बागमती प्रदेश सरकारमार्फत ७५ स्थानमा नयाँ प्रहरी एकाइका लागि भवन निर्माण सुरु गरेकामा हालसम्म ६७ स्थानमा सम्पन्न भइसकेको र बाँकीको निर्माण तीव्र गतिमा भइरहेको छ ।
उक्त भवन निर्माणका लागि स्थानीय सर्वजित तामाङ र रामबहादुर तामाङले आवश्यक जग्गा निःशुल्क उपलब्ध गराएकाले कार्यक्रममा मुख्यमन्त्री तामाङबाट जग्गादाताद्वयलाई दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरिएको थियो ।
म्यागङ–३ स्थित देउरालीमा पुनर्निर्माण गरिएको प्रहरी चौकीको भवन विसं २०७८ चैतमा सम्झौता गरेर दुई चरणमा निर्माण पूरा गरिएको प्रदेश प्रहरी कार्यालयका भौतिक पूर्वाधार शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक इन्जििनियर शम्भुप्रसाद कोइरीले जानकारी दिनुभयो । उक्त भवन निर्माणमा रु एक करोड ४० लाख खर्च भएको छ । प्रहरी चौकीमा इलाका प्रहरी कार्यालयको स्तरोन्नतीको लक्ष्यसहित आवश्यक भौतिक संरचनाको पुनर्निर्माण गरिएको छ ।
यसैबीच म्यागङ गाँउपालिकाको भवन निर्माण गरिएको छ । नयाँ भवन रु सात करोड ३६ लाखको लागतमा बनाइएको पालिका उपाध्यक्ष सीता तामाङले बताउनुभयो । प्रदेशका मुख्यमन्त्री लामाले बुधबार भवनको उद्घाटन गर्नुभयो ।
राज्य पुनःसंरचना पश्चात विभिन्न पाच वडा मिलेर बनेको सो गाँउपालिकाले साविकको देउराली गाविसको भवनबाट सेवा दिँदै आएकामा म्यागङ–३ स्थित मानेब्लेमा सुविधा सम्पन्न बहुविपद् प्रतिरोधी नयाँ भवन सञ्चालनमा ल्याइएको हो ।
नयाँ भवन निर्माणका लागि विसं २०७८ साउनमा भएको सम्झौताअनुसार दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने भवन आर्थिक व्यवस्थापनमा देखिएको कठिनाइले ढिलो सम्पन्न भएको हो । नवनिर्मित भवनमा पालिकाले दिने सेवाका लागि आवश्यक सम्पूर्ण संरचना समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

    खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

  • ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

    ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

  • बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

  • बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण

    बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

    खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

    ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

    ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण

    बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution