Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १४, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण

प्रत्यूष २८० पटक पढिएको प्रकाशित मिति: २०८१ पौष ४, बिहिबार (१ साल अघि)
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण

काठमाडौँ, ४ पुस
चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई जीवन रक्षार्थ उपयोग हुने अतिसंवेदशील सो उपकरण प्रदान गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज यहाँ आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई सो उपकरण हस्तान्तरण गर्नुभयो ।

चन्द्रागिरि– ४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गीका अनुसार विसं २०७६ वैशाख २८ गतेदेखि चन्द्रागिरि–४ थानकोटामा सञ्चालित १५ श्ययाको सो अस्पतालले प्रयोगशाला, २४सैँ घण्टा आकस्मिक सेवासहित बर्थिङ सेवा प्रदान गरिराखेको छ । साथै अस्पतालले पछिल्लो समय मुटु रोग जाँच, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा एवं मिर्गौलाका बिरामीका लागि डायलाइसिस सेवा सञ्चालनको तयारी गरेको छ ।

अर्कोतर्फ चन्द्रागिरि नगरपालिकाले नगरक्षेत्रमा सामुदायिक नर्स कार्यक्रम सञ्चालन गरिराखेको छ । यस कार्यक्रमबाट स्क्रिनिङ ९मानसिक स्वास्थ्य, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाँच वर्षमुनिका बालबालिकाको पोषणलगायत०, परामर्श, गर्भवती, सुत्केरी घरभेट, स्वास्थ्य शिक्षा तथा जनचेतना सेवा प्रदान भइराखेको छ ।

चन्द्रागिरि–४ थानकोटमा नै जर्मन सरकारकोे आर्थिक एवं प्राविधिक सहयोगमा रु एक अर्बमा प्रसूति विशेषज्ञ अस्पताल समेत निर्माण हुँदैछ । यसका लागि जर्मन विकास बैंकले बजेट निकासा गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

  • सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

  • तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

  • ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution