Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन १, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङबेशीदेखि पौवाघर–भैरवी मन्दिर पदयात्रा 

प्रत्यूष ३३६ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर २३, आईतबार (९ महिना अघि)
धादिङबेशीदेखि पौवाघर–भैरवी मन्दिर पदयात्रा 

धादिङ,२३ मंसिर ।

धादिङबेशीदेखि नीलकण्ठ–४ मा रहेको पौवाघर र नीलकण्ठ नगरपालिका– ६ मा रहेको भैरवी मन्दिर पदयात्रा गरिएको छ । नीलकण्ठ नगरपालिका– ४ मा रहेको पौवाघर र नीलकण्ठ नगरपालिका– ६ मा अवस्थित भैरवी मन्दिरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार पदयात्रा गरिएको हो ।

स्वस्थ जीवन, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पदयात्रा भन्ने मूल मर्मका साथ नीलकण्ठ नगरपालिकाका ३, ४ र ६ वडाहरु, नेपाल हर्ट फाउण्डेसन धादिङ र रोटरी क्लव अफ धादिङको आयोजना तथा विभिन्न स्थानीय संघ सस्थाको सहकार्यमा ऐतिहासिक स्थलहरु पौवा घर र भैरवी मन्दिरसम्मको पदयात्रा गरिएको हो ।

जिल्ला सदरमुकाम धादिङबेशीबाट सुरु भएको पदयात्रा अल्छिडाँडा, पौवा, रिजालथोक, सल्लाघारी, मैदान हुदै भैरवी मन्दिर पुगेको थियो । पदयात्रामा करिव तीन सय भन्दा बढीको सहभागिता रहेको थियो । पद यात्राले पौवा घर तथा भैरवी मन्दिरमा स–साना बालबालिकादेखि युवाहरुको भीड नै लागेको थियो ।

बाजागाजासहितको पदयात्राले हिड्ने बानी हटेकाहरुलाई समेत उत्साहित बनाएको सहभागीहरुको भनाई छ । ठाउँ ठाउँमा पुष्पगुच्छासहितको स्वागतले यात्रा स्मरणयोग्य रहेको सहभागीहरुको भनाई छ । पदयात्रामा रहेका सहभागीहरुलाई खाजा, खानाको व्यवस्था गरिएको थियो । व्यवस्थित पदयात्राले पर्यटन प्रवद्र्धन तथा एकताको सञ्देश दिएको सहभागीहरुको भनाई छ ।

ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलको रुपमा रहेका भैरवी मन्दिरलाई नीलकण्ठ नगरपालिकाले विशेष प्राथमिकतामा लिएर संरक्षण तथा प्रवर्धन गर्दै आएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताउनुभएको छ । २०७२ सालको महाभुकम्प पछि भैरवी मन्दिरमा पनि क्षती पुगेको मन्दिर पुनर्निर्माण गरिएपछि मन्दिर घुम्न तथा दर्शन गर्न आउनेहरुलाई थप लोभ्याएको छ ।

चारैतिर देखिने हिमश्रखंला उत्तिकै आकर्षक छन्’ उनले भने– ‘संघ, प्रदेश तथा स्थानीय सरकारको पहलमा पुनर्निर्माण गरिएको हो । प्रचारप्रसार र संरक्षण गर्न सकियो भने धादिङमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने छ । भैरवी मन्दिर धार्मिक तथा ऐतिहासिक सम्पदा र धादिङको सम्पत्ति हो ।’ ‘भैरवी मन्दिरले नीलकण्ठ नगरपालिका मात्र होइन, जिल्लाकै उचाई थपेको छ । भैरवी मन्दिर धादिङ आइपुगेका र आउने चाहना राख्नेहरुका लागि रोजाईको राम्रो गन्तव्य बनेको छ ।’

जिल्लाभित्रै रहेको भैरबी मन्दिर, पौवाघर लगायत थुप्रै यस्ता मनमोहक ठाउँहरु, धार्मिक आश्थाको केन्द्रहरु, हिमशृङ्खलाहरु, गणेश हिमाल, प्याल्दोर पिक लगायतको ठाउँ रहेको य सको प्रबर्धन हामिले नै गर्नुपर्ने धादिङका डिभिजन बन अधिकृत बिष्नु प्रसाद आचार्यको भनाई छ । आफुहरु धादिङ जिल्लाभित्रका ऐतिहासिक तथा पर्यटकिय क्षेत्रहरुको पहिचान र प्रवर्धनमा लागिरहेको पनि आचार्यको भनाई छ ।

जिल्लाको सदरमुकाम धादिङबेशी भएपनि विभिन्न ठाउँमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरुले जिल्लाको पहिचान दिएको नीलकण्ठ नगरपालिका ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । आफुहरु ‘नगर भित्रका भैरवी मन्दिर, पौवा घर जस्ता थुप्रै ठाउँहरुको पर्यटन प्रवद्र्धनमा सहकार्र्य गरिरहेको र यो पदयात्रा एकता र नीलकण्ठ नगरभित्रको ठाउँको पहिचानको सञ्देश भएको श्रेष्ठको भनाई छ ।

नगरपालिकालाई चिनाउन नेपाल लगायत छिमेकी राष्ट्र भारतदेखि पर्यटकहरु मन्दिर दर्शन तथा अवलोकनका लागि आउने गरेको नीलकण्ठ नगरपालिका– ६ का वडा अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठ बताउनुहुन्छ । ‘भैरवी मन्दिर एउटो आस्थाको धरोहर हो । सुखदुखमा दर्शन गर्ने थलो हो । दर्शन गर्दा मनोकामना पुरा हुने विश्वासले पनि यस मन्दिरमा आउने पर्यटकहरुको भीड लाग्ने गरेको छ । स्थानीय सरकारले यस मन्दिरको संरक्षण तथा प्रवर्धनको क्षेत्रमा काम गरिरहेको छ’ अध्यक्ष श्रेष्ठको भनाई छ ।

ऐतिहासिक महत्व बोकेको भैरवी मन्दिरको प्रचारप्रसार हुन सके जिल्लामा मात्र नभई राष्ट्रिय स्तरमै प्रख्यात हुने नीलकण्ठ नगरपालिका– ४ का वडा अध्यक्ष हरि श्रेष्ठले बताउनुभयो । नीलकण्ठ नगरपालिकामा मात्रै पनि ऐतिहासिक महत्व बोकेको थुप्रै ठाउँहरु छन् । नीलकण्ठ ६ मा रहेको भैरवी मन्दिर, गुप्तेश्वरी गुफा, नीलकण्ठ नगरपालिका– ४ मा रहेको पौवा घर, नीलकण्ठ–११ मा रहेको ज्याम्रुङ दरबार लगायतका ठाउँहरुको प्रचार प्रसार तथा संरक्षण गरी जिल्लाको थप पहिचान स्थापित गर्नु पर्ने श्रेष्ठको भनाई छ ।

पदयात्रा जस्ता गतिविधिले आम नागरिकमा सकरात्मक सञ्देश दिएको नेपाल हर्ट फाउण्डेसन धादिङ उपाध्यक्ष शान्तविक्रम बानियाले बताउनुभयो । स्वस्थ रहन खानपिन र कसरतमा ध्यान दिनुपर्दछ । पदयात्रा जस्ता हाइकिङले मानिसहरुलाई रमाइलोसँगै ठाउँ चिन्ने घुम्ने तथा स्वस्थ रहन सहयोग पुगेको बानियाले बताउनुभयो ।

त्यस्तै, पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षाले पदयात्रा गरिएको सामाजिक कार्य गर्दै आएको संस्था रोटरी क्लव अफ धादिङका अध्यक्ष सुदिप रसाइलीले बताउनुभयो । भैरवी मन्दिरको पुनर्निमार्णदेखि अहिलेसम्म संस्थाले जेजति सहयोग गर्न सकियो, भैरवी मन्दिर परिवारप्रति आभारी रहेको बताउदै आगामी दिनमा पनि सहकार्य रहने रसाइलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

  • कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

    कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

  • सुनको मूल्य तोलामा एक हजार घट्यो

    सुनको मूल्य तोलामा एक हजार घट्यो

  • पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ३१ गते मंगलबार

    २०८२ भाद्र ३१ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

    कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

    सुनको मूल्य तोलामा एक हजार घट्यो

    सुनको मूल्य तोलामा एक हजार घट्यो

    पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution