Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १४, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सुत्केरीलाई ‘पोषण प्याकेज’ लिएर जनप्रतिनिधि र कर्मचारी घरदैलोमा

प्रत्यूष २९३ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर १५, शनिबार (१ साल अघि)
सुत्केरीलाई ‘पोषण प्याकेज’ लिएर जनप्रतिनिधि र कर्मचारी घरदैलोमा

त्रिशूली (नुवाकोट), १५ मङ्सिर
 यहाँको विदुर नगरपालिकाले घरमा सुत्केरी गराउने प्रचलन अन्त्य गर्दै जन्म दर्ता अभियान सफल बनाउन ‘सुनौलो हजार दिने आमालाई पोषण विशेष कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।
नगरपालिकाले गर्भवती अवस्थामा स्वास्थ्य संस्थामा जाँच गराइ बर्थिङ सेन्टर ९प्रसूति गृह०मा सुत्केरी गराउने र बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउन उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । उपप्रमुख प्रभा बोगटीका अनुसार सुत्केरीलाई ‘पोषण विशेष कार्यक्रम’मार्फत पोषण राहत प्याकेज उपलब्ध गराई पोषण र सरसफाइको महत्व बुझाउन थालिएको छ । उक्त सेवा लिन बच्चाको जन्मदर्ता अनिवार्य गराइ घटना दर्ता अभियानसँग आबद्ध गरिएको छ ।
उक्त मापदण्डभित्रका सुत्केरीलाई ‘पोषण प्याकेज’ प्रदान गर्न जनप्रतिनिधि र कर्मचारी घरदैलोमा वा नजिकैको स्वास्थ्य संस्थामा जाने गरेका छन् ।
गर्भवती र सुत्केरी समयमा पोषणसहितको सरसफाइको सावधानी एवम् सचेतना जगाउनसमेत पोषण प्याकेज लिएर घरघरमा जान थालेको स्वास्थ्य शाखा प्रमुख रामराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सुत्केरी हुने अवस्थामा हुनसक्ने जोखिम न्यूनिकरण, नियमति गर्भवती जाँच र सुत्केरीको स्याहारमा सहयोग पु¥याउन नगद र राहत प्याकेज कार्यक्रम एकैसाथ सञ्चालनमा ल्याइएको हो ।
“गर्भवती अवस्थामा स्वास्थ्य संस्थामा नियमित जाँच गराइ बर्थिङ सेन्टरमा सुत्केरी गराएमा ‘सुत्केरी स्याहार खर्च’ बापत रु तीन हजार नगद प्राप्त गर्नेछन”, उहाँले भन्नुभयो, “बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएमा उनीहरुको पायक पर्ने नजिकैको स्वास्थ्य संस्थामा पुगेर ‘सुत्केरी पोषण प्याकेज’ प्रदान गरिने छ ।”
उक्त प्याकेजमा घ्यू, नरिवल, छोगडा, बदाम, दाल, गुद, ठूलो औषधिसहित सरसफाइसँग सम्बन्धित सामग्री समावेश गरेर सुत्केरी भेट्न जनप्रतिनिधि र कर्मचारी घरमै वा नजिक पर्ने स्वास्थ्य संस्थामा जान सुरु गरिएको नगरपालिकाले नजाएको छ । यस अभियान वार्षिक दुई पटक मङ्सिर र जेठमा राखिएको हुँदा गर्भवती र सुत्केरीले जनप्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रमसमेत मिलाइएको छ ।
पोषण प्याकेज लिएर स्वास्थ्यकर्मीसहित नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख बोगटी, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल एवम् सम्बन्धित वडाका वडाध्यक्ष, सदस्यले सुत्केरीसँग प्रत्यक्ष साक्षात्कार गर्ने, उनीहरुको गुनासो सुन्ने र सुझाव सङ्कलन गर्ने अवसरको रुपमा पनि नगरले लिएको छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

  • सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

  • तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

  • ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution