Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १४, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित

प्रत्यूष ३७७ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर १२, बुधबार (१ साल अघि)
चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित

त्रिशूली (नुवाकोट), १२ मङ्सिर
 विदुर नगरपालिका–८ स्थित भैरूम माध्यमिक विद्यालयमा अतिरिक्त समयमा सञ्चालन गरिएको चिनियाँ भाषा र सूचना प्रविधि (आइटी) अध्ययनरत विद्यार्थी दीक्षित भएका छन् ।
यहाँ अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरिएको चिनियाँ भाषा र सूचना प्रविधिसम्बन्धी प्रारम्भिक तहको अध्ययन पूरा गरेका ५० जना विद्यार्थी दीक्षित भएका हुन् ।
गत भदौ १४ देखि  सुरु भएको कक्षा आज सम्पन्न भएको हो । प्रारम्भिक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई चीन सरकारको सान्दोङ फोरेन ट्रेड भोकेसनल कलेजबाट आएका प्रशिक्षक र जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख दलबहादुर तामाङले प्रमाणपत्र प्रदान गर्नुभयो ।
चिनियाँ दूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा कक्षा ११ र १२ का विद्यार्थीसहित स्थानीय युवालाई लक्षित गरी सञ्चालन गरिएको भाषा र सीप विकाससम्बन्धी अध्ययन विद्यार्थीले सफतापूर्वक तीन महिनामा पूरा गरेका ओभरसिज ट्रेडिङ सेन्टर इन नेपालका समन्वयकर्ता रामचन्द्र पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालमा पहिलो पटक नमूना परीक्षणका रूपमा चिनियाँ दूतावासको सहयोगमा सञ्चालन गरिएको भाषा र सीप विकाससम्बन्धी अध्ययन विद्यार्थीले सहज रूपमा पूरा गरेका छन् ।
दूतावासले अहिलेका विद्यार्थीलाई माथिल्लो तह र नयाँ कक्षाका लागि अन्य विद्यार्थीलाई समावेश गराउने तयारी गरिरहेको जानकारी प्राप्त भएको जिल्ला समन्वय समितिका उपप्रमुख तामाङले जानकारी दिनुभयो ।
“परीक्षणका रूपमा नेपालमा पहिलो पटक सुरु भएको कार्यक्रममा विद्यार्थीको सक्रिय सहभागिता देखेपछि दूतावास उत्साहित भएको जानकारी पाएका छौँ”, उहाँले भन्नुभयो, “अध्ययन र सीप सिकाइको तह पूरा गरेकामध्ये उत्कृष्ट विद्यार्थीलाई अध्ययनको लागि चीन जाने अवसर पनि प्राप्त हुने उल्लेख छ ।”
कार्यक्रमको सफलता पश्चात् नुवाकोटमा थप कार्यक्रम विस्तारसहित शिक्षा क्षेत्रमा सहयोगका कार्यक्रम सञ्चालनका लागि दूतावासले यहाँबाट प्रस्ताव माग गरेको छ । विश्वका एकसय बढी देशमा भाषा र प्रविधिसम्बन्धी कक्षा सञ्चालन गरेको चीन सरकारले नुवाकोटसहित चीनसँग सीमा जोडिएका जिल्लामा उक्त कार्यक्रमलाई विस्तार गर्ने योजना बनाएको हो ।
चीनको सान्दोङ फोरेन ट्रेड भोकेसनल कलेजले नेपालको ओभरसिज ट्रेडिङ सेन्टर इन नेपाल संस्थासँगको सहकार्यमा कक्षा सञ्चालनमा ल्याएको थियो । चिनियाँ कलेजले तयार गरेको पाठ्यक्रम र सोही पाठ्यक्रममा आधारित कक्षाको प्रारम्भिक तहको अध्ययन पूरा गरेका विद्यार्थीले चिनियाँ भाषामा पढ्न, लेख्न र कम्युटरमा आधारित सीप विकाससम्बन्धी ९प्रविधि०मा काम गर्नसक्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

  • सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

  • तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

  • ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution