Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राष्ट्रियसभा अध्यक्ष र स्विस नेसनल काउन्सिलका अध्यक्षबीच भेटवार्ता

१६९ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन ३०, बुधबार (१ साल अघि)
राष्ट्रियसभा अध्यक्ष र स्विस नेसनल काउन्सिलका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ, ३० असोज :

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विजरल्यान्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरबीच भेटवार्ता भएको छ ।

अन्तर–व्यवस्थापिका सङ्घको महासभामा भाग लिन जेनेभा पुग्नुभएका अध्यक्ष दाहाल र स्विस नेसनल काउन्सिलका अध्यक्ष एरिकबीच भएको भेटमा उहाँहरुबीच द्विपक्षीय र आर्थिक सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दा, बहुपक्षीय सहयोगबारे छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यस अवसरमा नेपालको शान्ति प्रक्रियामा स्विस सरकारबाट भएको सहयोगको स्मरण गर्दै उहाँहरुबीच विचार–विमर्श भएको थियो । सो अवसरमा अध्यक्ष दाहालले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियामा स्विस सरकारले महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै नेपाली जनताका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घ, आइपियूलगायत बहुपक्षीय मञ्चमा दुई देशका साझा धारणा, सहयोग र सहकार्यको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा स्विट्जरल्यान्डसँग काम गर्न नेपाल सधैँ तयार रहेको बताउनुभयो । प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्विट्जरल्यान्ड विश्वकै सफल उदाहरण भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “सङ्घीय गणतन्त्रका रुपमा भर्खरै अभ्यास गरिरहेको नेपाल स्विट्जरल्यान्डका असल अभ्यास बुझ्न र सिक्न प्रयासरत छ । हामी लोकतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक संस्थालाई जनस्तरसम्म सुदृढ गर्न प्रयास गरिरहेका छौँ ।”

राज्यको शासकीय संरचनामा सीमान्तकृत वर्गको सहभागिता गराउन समावेशी सिद्धान्त लागू गरिरहेको उल्लेख गर्दै उहाँले सङ्घीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत तथा स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनुभयो ।

“शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी हामी दिगो शान्ति, स्थायित्व र विकासको लक्ष्यतर्फ अघि बढेका छौँ,” अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको शान्ति प्रक्रियालाई पूर्णता दिन स्विस सरकारको महत्वपूर्ण सहयोग हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ ।”

सङ्घीय संसद्ले नेपाल–स्विट्जरल्यान्ड संसदीय मैत्री समूह गठन गरेको जानकारी दिँदै अध्यक्ष दाहालले मैत्री समूहले दुई देशका संसदीय अनुभव, अभ्यास, सहकार्य र आपसी सहयोगका लागि संवादको ढोका खोलेको बताउनुभयो । स्विट्जरल्यान्ड नेपालको एक प्रमुख विकास साझेदार भएको बताउँदै उहाँले भन्नुभयो, “स्विस सरकारले प्रदान गर्दै आएको विकास सहयोगमा नेपाललाई प्राथमिकतामा राखी निरन्तरता दिनुभएकामा स्विस जनता र सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । स्विस विकास सहयोगले नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।”

स्विस नेसनल काउन्सिलका अध्यक्ष एरिकले नेपाल र स्विट्जरल्यान्डबीचको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै आइपियूको महासभाका सन्दर्भमा नेपाली समकक्षीलाई स्विजरल्यान्डमा भेट्दा आफूलाई खुसी लागेको बताउनुभएको संसद् सचिवालयले जनाएको छ ।

नेपालले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन कानुन पारित गरेकामा बधाई दिँदै अध्यक्ष नसबाउमरले कानुन कार्यान्वयनमा लैजानका निम्ति आफूहरु आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

“शान्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक कानुन पारित गर्नुभएकामा बधाई दिन चाहन्छु,” उहाँले भन्नुभयो, “कानुन कार्यान्वयनका क्रममा आवश्यक सहयोगका लागि हामी तयार छौँ ।”

नेपालले नयाँ संविधानमार्फत सङ्घीय शासन प्रणाली अवलम्बन गरेकामा खुसी व्यक्त गर्दै उहाँले सङ्घीयताको कार्यान्वयनमा पनि स्विस सरकारको सहयोग हुने बताउनुभयो । नेपाल पर्यटकीय दृष्टिकोणले निकै सम्भावनायुक्त देश भएको चर्चा गर्दै अध्यक्ष नसबाउमरले नेपालको पर्यटन प्रवद्र्धन र हवाई सेवाको गुणस्तर एवं विकासमा स्विस सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution